भुकम्पपछी लाङटाङ फेरि झलमल्ल - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, November 23, 2018

भुकम्पपछी लाङटाङ फेरि झलमल्ल

लाङटाङ । २०७२ वैशाख १२ को भूकम्पले लाङटाङ क्षेत्रको पर्यटन लगभग शून्यमा झरेको भएपनी अहिले पर्यटकको आवातजावतले झलमल्ल भएको छ ।
वरिपरि हिमाल । त्यही हेर्न पर्यटकको घुइँचो । होटल भरिभराउ । लाङटाङ झलमल्ल छ, तंग्रिएको छ । होटल व्यवसायी फर्केर जमेका छन् । आँखाअगाडि चारैतिर दर्जनभन्दा बढी हिमाल देखेपछि पर्यटक दंग पर्छन् ।

यतिबेला दैनिक ६० देखि ७० पर्यटक आइरहेका छन् । प्रहरीचौकी लाङटाङको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा दुई हजार पाँच सय पर्यटकआएका छन् ।

चर्चित पदमार्ग यो क्षेत्रमा सुरक्षित होटल र घर बनिसकेका छन् । ‘लगभग पुरानै अवस्थामा लाङटाङ फर्किएको छ,’ होटल व्यवसायी ढिन्डुप तामाङले भने, ‘पर्यटक संख्या बढेर भूकम्प जानुअगाडिकै अवस्थामा पुगेको छ ।’

२०७२ वैशाख १२ को भूकम्पले लाङटाङ क्षेत्रको पर्यटन लगभग शून्यमा झरेको थियो । ‘काठमाडौंबाट छोटो र सजिलो पदमार्गमा हो लाङटाङ । यही कारण विदेशी पर्यटकको सहज रोजाइमा पर्छ,’ पर्यटन व्यवसायी तेम्बा लामाले सुनाए,‘पर्यटकले थोरै दिनमा एकै पटक धेरै कुरा हेर्न र घुम्न पाउँछन् ।’

स्याफ्रुबेंसीदेखि क्याङजिनसम्म बाटैभरि पर्यटकको लर्को देख्न सकिन्छ । स्याफ्रुबाट करिब दुई दिन पैदलमा क्यान्जिन पुगिन्छ । पहिलो दिन स्याफ्रुबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटलमा बास बस्न पुग्छन् पर्यटक । दोस्रो दिन बिहानै खाजा खाएर हिँडदा रिभर साइड, उडल्यान्ड, घोडा तबेला थाङस्याब, गुम्बा डाँडा हुँदै लाङटाङ पुगिन्छ ।

केही पर्यटक त्यहाँ बस्छन् भने केही मुन्डु, सिन्दुम हुँदै क्याङजिन पुग्छन् । पदमार्गमा आउने पर्यटकले रसुवाकै पुरानो क्याङजिन गुम्बा, लाङटाङ ग्लासियर र बस्ती नजिकैबाट एक दर्जनभन्दा बढी हिमालको अवलोकन गर्न सक्नेछन् ।

लाङटाङ नेपालको तेस्रो पर्यटकीय पदमार्ग मानिन्छ । समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको चेर्को–रीबाट चारैतिर देखिने हिमालको मनमोहक दृश्य देखिन्छ । लाङटाङ जाने पर्यटक चेर्को–री, क्यान्जिन–री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक चढ्ने गर्छन् । चेर्को–री पुगेकी स्पेनिस नागरिक मार्ता रोहरले भनिन्, ‘यहाँबाट हिमालको दृश्य हेर्न पाउँदा मनै आनन्द भयो, नजिकैबाट यति धेरै हिमाल हेर्न अन्त कतैबाट पाइँदैन ।’
श्रोत इकान्तिपुर

The post भुकम्पपछी लाङटाङ फेरि झलमल्ल appeared first on .



from https://ift.tt/2r1V8yh

No comments:

Post a Comment

Pages