सिद्धेश्वर उच्च माध्यमिक विद्यालयको २० कोठे भवन तिब्ररू रूपमा निर्माण हुदै । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 18, 2018

सिद्धेश्वर उच्च माध्यमिक विद्यालयको २० कोठे भवन तिब्ररू रूपमा निर्माण हुदै ।

 

रामेछाप  संवाददाता ,कार्तिक १ – रामेछापको उमाकुण्ड गाउँपालिका वर्डा नं. २, बाम्तीभण्डारमा भुकम्प आपतकालीन सहायता आयोजनाको २० कोठे सिद्धेश्वर उ म विको भवन तिब्र रूपमा निर्माण हुदैछ ।

ए डि वि/नेपाल सरकारको लगभग ६० लाख आर्थिक सहयोगमा शिक्षा मन्त्रालय ,केन्द्रीय आयोजना कार्यान्वयन इकाई ज्ञानेश्वर मार्फत स्काई विल्डस प्रा लिसंग २०७४ असोज १० गते सम्झौता गरि असोज १७ गतेबाट काम शुरूवात गरेको थियोे । निर्माण कार्य प्रारम्भ गरिएको एक बर्ष पुरा भएको छ भने अगमी पुस ९ गते सम्ममा आयोजना सम्पन्न गरिसक्नुपर्ने छ ।

आयोजनाको डिजाइन अोरिन्टल कन्सलट्रेन्टस,मोहरी कन्सलट्रेन्टस,क्रियटर्स र मियामातो जे वी / सव कन्सलट्रेन्टसले गरिरहेको थियो ।

शिक्षा मन्त्रालय,केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत भुकम्प प्रभावित क्षेत्रमा ६ वाट उप आयोजनाहरू मार्फत कार्यक्रम सञ्चालन गरिएको छ । जसमा ईईएपी,इएसआरपी,जेएफपीआर,एनजिओ/आईएनजिओ,युएसएआईडि,भारत र चीन रहेको छ ।

भुकम्प आपतकालीन सहायता आयोजना(ईईएपि) ।
यो आयोजना एशियाली विकास बैंकको झृण सहयोगमा सञ्चालन भइरहेको छ । भुकम्पबाट अति प्रभावित जिल्लाहरू अोखलढुङ्ग,रामेछाप,दोलखा,सिन्धुपाल्चोक,सिन्धुली,काभ्रेपलान्चोक,काठमाडौ,भक्तपुर जिल्लामा यो आयोजना सञ्चालित छ । यश आयोजना मार्फत तीन बर्षभित्र ७०० सुविधा सम्पन्न विद्यालय निर्माण गर्ने लक्ष्य काम अगाडि बढाएको छ ।

इएसआरपी आयोजना ।
यो आयोजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सञ्चालित छ । भूकम्पबाट अति प्रभावित जिल्लाहरू गोरखा, धादिङ, नुवाकोट, रसुवा, ललितपुर र मकवानपुरमा यो आयोजना केन्द्रित छ । यो आयोजनाको खरिद सञ्चालन केन्द्रिय आयोजना कार्यान्वयन इकाइले गर्दछ । तिन वर्षभित्र करिब ८०० सय सुविधा सम्पन्न विद्यालय निर्माण गर्ने लक्ष्य लिई कार्य सञ्चालन भइरहेको छ ।

जेएफपीआर सहायता ।
भुकम्प प्रभावित १४ जिल्लामा १४ ओटा सुविधा सम्पन्न नमूना माध्यमिक (१–१२) विद्यालय निर्माण गर्ने लक्ष्य रहेको छ । आयोजनाको कार्यान्वयन ईईएपि मोडलबाट सञ्चालन गरिन्छ ।

भारत सरकारको अनुदान सहयोग ।
भारत सरकारको अनुदान सहयोगमा गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा र रामेछाप गरी सात जिल्लामा प्रति जिल्ला १० विद्यालय हुने गरी ७० विद्यालयहरु निर्माण हुनेछन् । त्यसै गरी भारत सरकारकै ऋण सहयोगबाट निर्माण हुने विद्यालयहरु छनोट प्रक्रियामा रहेकाछन् ।

राष्ट्र्रिय तथा अन्तर्राष्ट्रिय मानवतावादी सङ्घ संस्थाहरूद्वारा निर्माण हुने विद्यालय आयोजनाहरू
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवतावादी सङ्घ संस्था, निकाय र व्यक्तिहरूले विद्यालयहरूको पुनर्निर्माणमा हातेमालो गरिरहेका छन् । सम्बन्धित संस्था, राष्ट्रिय पुननिर्माण प्राधिकरण र केन्द्रिय आयोजना कार्यान्वयन इकाई विच त्रिपक्षिय सम्झौता भई विद्यालयहरू पुननिर्माणको कार्य सञ्चालित छ ।

चीन सरकारको अनुदान सहयोग ।
चीन सरकारको अनुदान सहयोगमा रसुवा, सिन्धुपाल्चोक र दोलखा जिल्लामा प्रति जिल्ला २ विद्यालय र काठमाडौंमा १ विद्यालय गरी ७ विद्यालयहरु टर्न कि प्रोजेक्ट मोडालिटीमा निर्माण हुनेछन् ।



from Sherpa media Group Nepal https://ift.tt/2J3jtMt

No comments:

Post a Comment

Pages