लिस्बोन, २० अक्टोबर । संघीय समाजवादी फोरमका वरिष्ठ नेता तथा पुर्व मन्त्री अशोक राई पोर्तुगल आइपुगेका छन् । नेपाली राजनीतिमा एकजना सौम्य, इमानदार, भलादमी र पहिचानवादी नेताको रूपमा परिचित राई संघीय समाज पोर्तुगलको आज अक्टोबर २१ तारिख आयोजित तेस्रो अधिबेशन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्न लिस्बोन आइपुगेका हुन् ।
राइकोसाथ संघीय महिला फोरमकी संयोजक सुशीला श्रेष्ठपनि पोर्तुगल आएकी छन् । समाजको अधिबेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । अध्यक्षमा हालका कार्यबाहक अध्यक्ष गणेश योन्जन नै रहने सम्भावना रहेको जनाइएको छ । अधिवेशन भोलि २१ तारिख आइतबार लिस्बोनको जिनाजियो हलमा दिउँसो ३ बजेबाट शुरु हुने जानकारी गराइएको छ ।
-euronepali online
from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2S4Q9cr
No comments:
Post a Comment