सोलुमा घरै नबनाई प्राधिकरण फोकल पर्सन सहित ६ जनाको खातामा १८ लाख निकासा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

सोलुमा घरै नबनाई प्राधिकरण फोकल पर्सन सहित ६ जनाको खातामा १८ लाख निकासा

सोलुखुम्वुमा घर निर्माण नगरि तेस्रो किस्तासम्मको रकम निकासा भएको खुलासा भएको छ । लाभग्राहिको सुचिमा रहेका ६ जनाले आवास निर्माण नगरी तेस्रो किस्ता रकम लिएको सुचना वाहिर आएको हो । घर निर्माण नगरी पुरा अनुदान लिनेमा सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुका भोजनारायण राजभण्डारी, इन्द्र कुमार राजभण्डारी र अमर राज भण्डारी रहेका छन् । भोजनारायण तत्कालिन जिल्ला विकास समिति अन्तर्गत संचालित भुकम्प पुननिर्माण प्राधिकरणका फोकल पर्सन समेत हुन् । त्यस्तै आवास निर्माण नगरी खातामा रकम निकासा हुने हरुमा नेचासल्यान गाउपालिकाका देव राई, सोलुदुधुण्ड नगरपालिकाका गेल्वु शेर्पा र वुद्धसिं तामाङ रहेका छन ।
राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई प्रमुख विष्णु लामिछानेले आफनो कार्यकालमा कमजोरी नभएको दाबी गर्दै थाहा पाउना साथ खाता रोक्काको लागि परिपत्र गरको वताउनुभयो । उहाले आवश्यक छानविन गरि प्रतिवेदनको लागि प्राविधिकको टोली खटाएको वताउनुभयो । साथै, लामिछानेले संस्था गत त्रुटि भएको स्विकार गर्नुभएको छ ।

आवास निर्माण नगरी ६ जनाको खातामा प्रतिव्यक्ति ३ लाखका दरले १८ लाख रकम निकासा भएको हो । आवास निर्माण अनुदानका लागि घर निर्माण सम्पन्न हुनु पर्ने प्रावधान भए पनि ६ जना लाभग्राहीले भने कुनै पनि कागजात नबुझाई एकै साथ एकमुष्ट रकम लिएको खुलाशा भएको हो । उनीहरुले घर बनाएको कुनै पनि प्रमाण नरहेको समेत ईकाइ प्रमुख लामिछानेको भनाई छ ।

सोलुदुधकुण्ड नगरपालिका ६ का वडा अध्यक्ष राम कुमार श्रेष्ठले प्राविधिकवाट अटेका प्राविधिकको एकलौटीपनले समस्या ल्याएको बताउनुभयो । घरै नबनाएका लाभग्राहीले अनुदान पाएको शंकाले जिल्ला प्राधिकरणमा बुझ्दा यो यर्थाथ थाहा पाएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

उता, लाभग्राही भोजनारायण राजभण्डारीले अनुदानको प्रक्रियामा रहेको दाबी गर्दै खातामा रकम जम्मा भएको खबर पाएपनि रकम नझिकेको बताउनुभयो । तर घरै नबनाएको भन्ने हल्ला भने गलत भएको राजभण्डारीको दाबी छ ।

प्राधिकरणले भने प्राविधिकको सिफारिस र घरको फोटो नभेटिएकाले खाता रोक्कको लागि सम्बन्धित बैँकलाई परिपत्र गरेको छ । घरै नबनाएको लाभग्राहीको खातामा अनुदान रकम जम्मा भएको सूचना बाहिर आएपछि स्थलगत प्रतिवेदनका लागि प्राविधिक खटाएको प्राधिकरण प्रमुख लामिछानेले बताउनुभयो ।

Source:himal FM



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2IyanXA

No comments:

Post a Comment

Pages