नाम्ड्रोल थार्पालिङ गुम्बा निर्माणकै क्रममा कार्यक्रम हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 13, 2018

नाम्ड्रोल थार्पालिङ गुम्बा निर्माणकै क्रममा कार्यक्रम हुने

ओखलढुंगा । प्रदेश नं-१ ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं-४ काती चर्नालुमा २०७३ सालमा स्थापना भएको नाम्ड्रोल थार्पालिङ गुम्बा निर्माण कार्यसगै कार्यक्रम संचालन हुने भएको छ।
माननीय संसद यज्ञराज सुनुवारले शिलान्यास गरेको उक्त गुम्बा निर्माण तथा व्यवस्थापन गर्नमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक,भौतिक र मानवीय सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुमा गुम्बा परिवारले हार्दिक आभार प्रकट गर्दै गुम्बा निर्माणकै चरणमा दसैं तिहार विशेष शुभकामना आदानप्रदान तथा सामुहिक धार्मिक नृत्य मणि छ्योकुर पुजा गरि नयाँ निर्मित गुम्बा संचालन गरिने कार्यक्रम प्रतिनिधि सभाका माननीय संसद यज्ञराज सुनुवार ज्यू को प्रमुख अतिथ्यतामा आयोजना हुने नाम्ड्रोल थार्पालिङ गुम्बाका अध्यक्ष ङवाङ थोचेन लामाले बताउनुभयो। अध्यक्ष लामाका अनुसार कार्यक्रममा गुम्बा निर्माणकार्यमा विशेष सहयोग गर्नुहुने सहयोगीहरुलाई सम्मान गरिनुको साथै लामाहरुबाट साङ्पुजा,गणचक्टा पुजा,गेप्सी,मिखा,लामा छ्याम र धार्मिक सामुहिक नृत्य मणि छ्योकुर कार्यक्रम सँगसँगै साँस्कृतिक लगायत भव्य रूपमा औपचारिक कार्यक्रम हुने जनाइएको छ।

मणि छ्योकुर कार्यक्रमको लागि सहयोगीहरु समेत भएको बताइएको छ। नाम्ड्रोल थार्पालिङ गुम्बाको प्राङ्गणमा हुने धार्मिक तथा नव निर्मित गुम्बा संचालन कार्यक्रममा अनिवार्य उपस्थिति भइ धार्मिक कार्यक्रमको शोभा बढाइ प्रसाद ग्रहण गरीदिन आयोजकले सबैमा अनुरोध गरेका छन
कार्यक्रममा माननीय संसद आम्बिरबाबू गुरुङ,खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेद बहादुर रोका,उपाध्यक्ष सुशीला तामाङ लगायतको विशेष अतिथ्यता रहनेछ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2Pti7Nu

No comments:

Post a Comment

Pages