ओखलढुङमा मञ्चिय कला क्षमता वृद्धि र टेक्नोलोजी बारे तालिम जारी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 27, 2018

ओखलढुङमा मञ्चिय कला क्षमता वृद्धि र टेक्नोलोजी बारे तालिम जारी

ओखलढुंगा सिद्दिचरण नगरपालिकामा ४ दिने माईड टेक्नोलोजी तथा सफलता बिज्ञान कार्यक्रम सुरु भएको छ । ओखलढुंगा सिद्दिचरण नगरपालिकास्थित डि.एक्स म्याक्स क्लब ओखलढुङ खिजिदेम्बाले आयोजना गरेको कार्यक्रम २०७५ असोज ९ गते देखि सुरु भएको हो । नेपाल आदिवासी जनजाती महासंघको कार्यालयमा सञ्चालन भइरहेको कार्यक्रम असोज १३ गते सम्म चल्ने संस्थाका अध्यक्ष आङ दावा शेर्पाले जानकारी दिनु भयो । युवाहरुको मञ्चिय कला र युवाहरुको क्षमता वृद्धि र टेक्नोलोजीको आवश्यकता बारेमा विशेष जोड दिई कार्यक्रम सञ्चालन गरेका अध्यक्ष शेर्पाले बताउनुभयो । कार्यक्रममा ६० जना भन्दा बढि प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । असोज १३ गते समापन कार्यक्रम राखिएको । कार्यक्रम समापन समारोहमा गायक गोम्बु शेर्पा ,हत्केला समाजका अध्यक्ष फुरलाक्पा शेर्पा ,ओखलढुंगा हिमालयन सांस्कृतिक केन्द्रका अध्यक्ष पेमडोमा शेर्पालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । ४ दिन सञ्चालन हुने तालिमको प्रशिक्षक नविन घलले गरिरहेका छन ।



from Sherpa media Group Nepal https://ift.tt/2xCwND1

No comments:

Post a Comment

Pages