पर्वतारोहण पत्रकारिता पुरस्कार छेटु शेर्पालाई - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 27, 2018

पर्वतारोहण पत्रकारिता पुरस्कार छेटु शेर्पालाई

काठमाडौं, असोज १२ । पर्वतारोहण पत्रकारिता पुरस्कार यस बर्ष अन्नपूर्णकर्मी छेटु शेर्पाले पाएका छन् ।

नेपाल पर्वतारोहण संघले प्रत्येक वर्ष प्रदान गर्ने ‘दावा नर्वु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार २०७५’ अन्नपूर्णकर्मी शेर्पा र पत्रकार राजन पोख्रेललाई प्रदान गरेको हो ।

संघको २८ औ साधारणसभाको अवशरमा बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीले पुरस्कृति दुवै पत्रकारलाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरे।

नेपाली सञ्चार माध्यमबाट शेर्पा र अंग्रेजी माध्यमबाट पोख्रेलले हिमालसम्बन्धी खोजमुलक समाचार र गतिविधि प्रकाशन गर्दै आएको संघको दाबी छ । शेर्पाले पर्वतारोहण क्षेत्रमा हुने फेक रेस्क्यूको बिषयमा भित्रीतहसम्म पुगेर समाचार प्रकाशन गरेका थिए । उनले हिमालमा हुने गलत गतिविधि र आरोहीहरुको समस्याबारे कलम चलाउदै आएको छ ।

संघले कुमार खड्गविक्रम साहसिक पुरस्कार दक्षिण कोरियाका पहिलो विश्वका अग्ला १४ हिमाल आरोही ओम होङगीललाई प्रदान गरेको छ भने डाक्टर हर्क पर्वतीय पुरस्कार कोरियाका नागरिक युनियन अफ एसियन अल्पाइन एसोसिएसनका अध्यक्ष डाक्टर लि इन जोङलाई प्रदान गरेको छ ।

आरोही ओम होङगीलले आफ्नो नाममा फाउण्डेशन स्थापना गरी नेपालमा १६ वटा विद्यालय निर्माण गर्ने लक्ष्या राखेको छ भने यीमध्ये १४ वटा विद्यालय निर्माण सम्पन्न गरिसकेका छन् ।
श्रोत अनपूर्ण पोस्ट



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2zBGjrh

No comments:

Post a Comment

Pages