हिमाल आरोहणमा रहेका टोलीमा खटिने ४०औं सम्पर्क अधिकृति तालिम सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

हिमाल आरोहणमा रहेका टोलीमा खटिने ४०औं सम्पर्क अधिकृति तालिम सम्पन्न

काठमाडौँ, असोज ६ । सगरमाथा लगायत नेपालका विभिन्न हिमाल आरोहण टोलीमा खटिने ४०औ सम्पर्क अधिकृति तालिम न्याथम कलेज, रविभवन कालिमाटीमा सम्पन्न भएको छ ।
तालिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतीय प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सयुंक्त आयोजनामा संचालन भएको थियो । ७ दिनसम्म संचालन भएको ४०औ सम्पर्क अधिकृत तालिममा ३९ जना प्रशिक्षर्थीहरु सहभागी भएका थिए ।

सम्पर्क अधिकृति विशेष गरि हिमाल आरोहणमा रहेका टोलीको बारेमा जानकारी दिन, उनीहरुले गर्न हुने नहुने कार्यको बारेमा जानकारी दिन र आरोहण टोलीले आरोहण गरे नगरेको बारेमा नेपाल सरकारलाई जानकारी दिन खटाइन्छ ।
यो तालिम स्नातक उत्तिर्ण निजामति सेवाका राजपत्र अनकिंत प्रथम श्रेणी देखि राजपत्राकिंत द्धितिय श्रेणीसम्मका कर्मचारी वा निजामती सेवाका राजपत्राकिंत तृतीय श्रेणीका अधिकृत सरहका नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीका अधिकृत कमचारी र प्रवेशीका परीक्षा उत्तिर्ण भएका सगरमाथा आरोहीहरुले लिन पाउनेछन ।
यस बर्षको तालिममा निजामती कर्मचारी, सेना, प्रहरी र सगरमाथा आरोहीहरुले ७ दिने तालिम लिएका छन ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2vF7m2O

No comments:

Post a Comment

Pages