सगरमाथा कलेजले “नेपालमा आइसीटीको भविष्य” बारेमा परामर्श कार्यक्रम गर्दै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

सगरमाथा कलेजले “नेपालमा आइसीटीको भविष्य” बारेमा परामर्श कार्यक्रम गर्दै

काठमाडौँ, असोज ७ । “नेपालमा आइसीटीको भविष्य” भन्ने विषयमा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलेजीले यही शनिवार विहान ११ बजे अन्नपुर्ण होटलमा एक दिने परामर्श कार्यक्रम गर्न लागेको छ ।

विशेषगरि १२ सकाएर बसेका ( मानविकी, व्यावस्थापन र विज्ञान)का विद्यार्थीहरुलाइ लक्षित गरि परामर्श गराउन लागेको हो । एक दिने कार्यक्रममा विभिन्न देशबाट आइटी विषयमा विज्ञता हासिल गरेका सुधिप लामा, कर्माथ डंगोल, किरण के रेग्मी, ओसन श्रेष्ठ र राजेश खड्काले आइटीको भविष्य र यसको फाइदाहरु नेपालमा के कस्तो रहेको छ भन्ने विषयमा विद्यार्थीहरुलाइ प्रशिक्षण दिन लागेको कलेजका प्रबन्धक सोनाम टासी शेर्पाले जानकारी दिनु भएको छ ।
१२ सकाएर बसेका विद्याथीहरु जसले आइटीमा भविष्य बनाउन चाहन्छन उनीहरुले यस कार्यक्रमबाट जानकारी लिन सक्नेछ । कार्यक्रममा कम्प्युटर ईन्जिनियरिङ, बिएस्सी, सिए आइटी र बिसीएका बारेमा जानकारी लिन पाउनेछन ।

सगरमाथा कलेज त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त कलेज हो । यस कलेजमा आइटीको विषयमा अध्ययन गराउदै आएको छ ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2vGVexW

No comments:

Post a Comment

Pages