गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ चिन भ्रमणमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 24, 2018

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ चिन भ्रमणमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मंगलबार चीन भ्रमणमा जाने भएका छन् ।
असोज ९ देखि १५ गतेसम्मको चीन भ्रमणमा जानुअघि मुख्यमन्त्री गुरुङले पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गर्दै भ्रमण प्रदेशको आवश्यकता र विकाससँग जोडिएको बताएका छन् ।
हाइनान प्रान्तको विशेष निमन्त्रणमा जान लागेका मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेशको काममा जाँदा, प्रदेशको प्रतिनिधित्व गर्दै भ्रमणमा जाँदा केके विषयमा कुरा गर्ने र भ्रमणामा केके हुन्छ भन्ने जनतालाई जानकारी दिने एउटा परम्परा बसाल्नुपर्छ ।’
मुख्यमन्त्री गुरुङ हाइनान प्रान्तको नेसनल डेको विशेष कार्यक्रममा प्रमुख अतिथि बन्नेछन् । हाइनानका गभर्नरको विशेष निमन्त्रणामा मुख्यमन्त्री गुरुङ चीन जान लागेका हुन् ।

मुख्यमन्त्री गुरुङले भ्रमणका क्रममा प्रदेशले स्थापना गर्न लागेको प्राविधिक महाविद्यालयका विषयमा छलफल हुने जानकारी दिए । हाइनानका गभर्नरलाई आउँदो नोभेम्बरमा पोखरा डाक्ने र दुई प्रदेशबीच मितेरी साइनो लगाउनुका साथै हाम्रो प्राथमिकताका क्षेत्रका आयोजनाको सम्झौता गर्ने योजना रहेको मुख्यमन्त्री गुरुङले बताए ।

उनले आफू यति सहयोग लेऊ, उति सहयोग लेऊ भन्नुभन्दा पनि प्रदेशले लिएको नीति र लगानीका सम्भावनाका विषयमा भ्रमणका क्रममा जानकारी दिने बताए । ‘हामीलाई यति चाहियो भनेर भन्दैनौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘अनुदान लिँदा पनि हाम्रो आवश्यकता र प्राथमिकताका क्षेत्र हेरेर लिन्छौं ।’

पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणमा पनि चिनियाँ चासो रहेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले यसका विषयमा पनि छलफल गरिने बताए । भ्रमणका क्रममा सौर्य उर्जा र जलविद्युतको विषयमा पनि छलफल हुने मुख्यमन्त्री गुरुङले बताए । ‘गण्डकी प्रदेश सोलार र हाइड्रोमा महत्वपूर्ण ठाउँ हो यस विषयमा पनि छलफल हुनेछ ।

मुख्यमन्त्री गुरुङले विदेश भ्रमणका क्रममा सम्झौता गरेर र्फकने तर कार्यान्वयन नहुने यसअघिको प्रचलन तोड्दै आफूले कार्यान्वयन हुने खालकोमात्रै सम्झौता गर्ने प्रतिवद्धता जनाए ।
मुख्यमन्त्रीसँगै प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरे, प्रदेश नीति तथा योजना आयोगका गिरिधारी पौडेल, मुख्य सचिव लक्ष्मीराज शर्मा लगायत केही व्यवसायीसमेत भ्रमणमा सहभागी हुने छन् ।

श्रोत: अनलाइन खबर



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2zqc9r0

No comments:

Post a Comment

Pages