उमाकुण्ड गाउ“पालिकाले स्थानीय संघ संस्थाहरूलाई गाउ“पालिकामा आबद्ध गर्दै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 25, 2018

उमाकुण्ड गाउ“पालिकाले स्थानीय संघ संस्थाहरूलाई गाउ“पालिकामा आबद्ध गर्दै

कर्मारिञ्जी शेर्पा
,रामेछापको उमाकुण्ड गाउ“पलिकाले गाउ“पालिकाभित्र कार्यक्षेत्र हुने सम्पूर्ण संघ संस्थालाई गाउ“पालिकामा सूचीकृत गर्न सूचना प्रकाशित गरेको छ । स्थानीय सरकार ऐन सञ्चालन व्यवस्थापन २०७४ आधियनमा रहि २०७५ असोज २ को गाउ“पालिकाको निर्णय अनुसार उपाध्यक्ष उर्मिला कार्की बस्नेतको संयोजकत्वमा पा“च सदस्यीय समिति गठन गरिएको थियोे । उतm समिति मार्फत उमाकुण्ड गाउ“पालिका भित्र सञ्चालन भएको विभिन्न संघ संस्थाहरूलाई यही मिति २०७५ असोज १० देखि २५ गते भित्र आवश्यक कागजात सहित गाउ“पालिकासंग समन्वय गर्नको लागी सूचना प्रकाशित गरेको छ । स्थानीय तहमा आवद्धता हुनका लागि निवेदन ,आर्थिक बर्ष २०७४र७५ सम्म नवीकरण भएको संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी, संस्थाको बार्षिक लेखापरीक्षण प्रगति प्रतिवेदन, बार्षिक कार्य प्रगति प्रतिवेदन र संस्थाको कार्यसमितिको निर्णय चाहिने संघ संस्था संयोजक तथा उपाध्यक्ष उर्मिला कार्की बस्नेतले जानकारी दिनु भयो । संस्थागत व्यवस्थालाई परादर्शी,सुव्यवस्थित गरि संगठित बनाउन यस्तो व्यवस्था ल्याएको र समय अवधिभित्र सम्पर्कमा आएर आबद्ध नहुने संघ संस्थाले कुनै पनि गतिविधि गर्न नपाउने पनि उपाध्यक्षले बताउनुभयो ।



from Sherpa media Group Nepal https://ift.tt/2QYW9D1

No comments:

Post a Comment

Pages