प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 25, 2018

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

न्यूयोर्क । प्रधानमन्त्री केपी ओली ७३ औं राष्ट्रसंघीय महासभाको क्रममा सोमबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आयोजित रिपेप्सनमा सहभागी भएका छन् ।

अमेरिकी राष्ट्रपतिले महासभामा सहभागी राष्ट्र, सरकार एवम् प्रतिनिधीमण्डल प्रमुखहरुको सम्मान स्वरुप, रिपेप्सन गर्ने चलन छ । यसैक्रममा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपतिसँग संक्षिप्त भेट गरेका छन् ।

प्रतिनिधीमण्डलका एक सहभागीका अनुसार ओलीले भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा संक्षिप्तमा ट्रम्पलाई जानकारी गराएका थिए । ट्रम्पले उत्सकतापूर्वक सुनेका थिए ।

प्रधानमन्त्रीले ट्रम्पसंगको भेटलाई प्रशंसा गरे, ती अधिकारीले भने । आफ्नो सम्बोधन हुन चार दिन अघि नै आएका ओलीको प्रतिनिधीमण्डलले ट्रम्पसंगको छोटो भेटवार्तालाई प्राथमिकता राखेको थियो ।

राष्ट्रसंघीय नेपाली नियोगका एक पूर्व स्थायी प्रतिनिधिले भने, ‘अमेरिकी राष्ट्रपतिसँग फोटो सेशनको यो अवसर मात्र हो । यो भन्दा कुनै उपलब्धि त छैन । तर पनि हाम्रो जस्तो मुलुकहरुले आफनो छोटो कुरा राख्न, यो अवसर चुकाउन चाहँदैनन् ।’

श्रोत इकान्तिपुर



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2IgdLGF

No comments:

Post a Comment

Pages