ओखलढुंगा जिल्लाकै नमुना गुम्बा !!! - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

ओखलढुंगा जिल्लाकै नमुना गुम्बा !!!

ओखलढुंगा जिल्लाकै नमुना गुम्बाको रूपमा नाम्ड्रोल थार्पालिङ गुम्बा  खिजिदेम्बा।प्रदेश नं-१ ओखलढुंगा जिल्ला,खिजिदेम्बा गाउँपालिका वडा नं-४ काती चर्नालुमा निर्माणधिन नाम्ड्रोल थार्पालिङ गुम्बा ओखलढुंगा जिल्लाकै नयाँ डिजाइन र नमुना गुम्बा बनेको छ।यस्तो आकारको गुम्बा जिल्ला भित्र कुनैपनि स्थानमा नभएको स्थानीयबासीहरुको भनाइ छ।२०७१ सालमा महायनी बौद्व धर्म संग सम्बन्धि हरेक क्रियाकलापहरु गर्न र धार्मिक संस्कारसंग सम्बन्धित कार्यहरु गर्न स्थानीयहरुमा सहज होस भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा दर्ता गरी २०७३ सालमा ओखलढुंगा जिल्ला क्षेत्र नं-१ का माननीय सांसद यज्ञराज सुनुवारको प्रमुख अातिथ्यतामा शिलान्यास भएको गुम्बा निर्माण संतोषजनक भएको देखिन्छ।नाम्ड्रोल थार्पालिङ गुम्बाकाे डिजाइन र गुम्बा निर्माण गर्ने अठोट र साहसिक योजनालाई आत्मसात गर्दै माननीय सांंसद यज्ञराज सुनुवारले संसद विकास कोषबाट ५ लाख,माननीय हर्कबोल राईले २ लाख र माननीय शकुन्तला राजभण्डारीले १ लाख रुपैयाँ गरी जम्मा ८ लाखको लागतमा निर्माण कार्यको शुभारम्भ गरिएको थियो। गुम्बालाई स्थानीय तहको निर्वाचन सप्पन्न भइ जनप्रतिनिधिहरु निर्वाचित भएपश्चात् खिजिदेम्बा गाउँपालिका वडा-४ बाट गुम्बा र खानेपानी शीर्षकमा २ लाख बजेट विनियोजन भइ काम सम्पन्न भैसकेको र हाल गुम्बा व्यवस्थापन समितिको कार्यालयबाट गुम्बा व्यवस्थापन शीर्षकमा २ लाख रुपैयाँ बजेट छुट्याइएको जनाइएको छ।सबै रकम सहित सरकारी मातहतबाट जम्मा १२ लाख मात्र रकम निकास भएको नाम्ड्रोल थार्पालिङ गुम्बाका अध्यक्ष पासाङ कामी शेर्पा( थोचेन) लामाले बताउनुभयो।अध्यक्ष लामाका अनुसार गुम्बा निर्माण कार्यका लागि हालसम्म खर्च भएको जम्मा रु ३२ लाख मध्ये सरकारी अनुदान संसद बिकास कोष,वडा कार्यालय र गुम्बा व्यवस्थापन कार्यालयबाट जम्मा १२ लाख बाहेक बाँकी सबै रकम सहयोगी मनहरुको सहयोग र स्थानीय जनसमुदायको श्रमदानबाट नै काम भएको र अझै सहयोगी मनहरुको साथसहयोगको अपेक्षा गरिएको बताइएको छ। गुम्बा निर्माण कार्यले अहिलेसम्म बाहिरी बनोटका साथै गुम्बाको भान्साघर समेत निर्माण भैसकेको र अब भित्र रंगरोगन लगायत काम गर्न बाँकी भएको बताइएको छ। मिति २०७५ साल असोज १ गतेका दिन बसेको बैठकमा आय व्यय प्रस्तुत गर्दै गुम्बा निर्माण कार्यका लागि आवश्यक सबै रकम अध्यक्ष पासाङ कामी शेर्पाले नै खर्च गरेको कोषध्यक्ष आङ दावा शेर्पाले बताउनुभयो। उक्त बैठकद्वारा खिजिदेम्बा गाउँपालिका वडा नं-७ चौरीखार्क निवासी हल काठमाडौमा बसोबास गर्नुहुने वरिष्ठ समाजसेवी श्री तेन्जी शेर्पालाई नाम्ड्रोल थार्पालिङ गुम्बाको वरिष्ठ सल्लाहकार मनोनीत गरिएको छ।गुम्बा निर्माणको स्वरुप हेर्ने हो भने लगभग ५० लाख बराबरको रकम खर्च हुनुपर्ने देखिएता पनि सबै स्थानीयहरुको सक्रियता र अध्यक्ष पासाङ कामी शेर्पाको अतुलनीय मेहनत र नेतृत्वदायी भुमिकाले गर्दा यति राम्रो र नमुना गुम्बा निर्माण भएको खिजिदेम्बा-४ का वडा अध्यक्ष कमल प्रसाद न्यौपानेले बताउनुभयो।अध्यक्ष न्यौपानेले गुम्बा निर्माणमा अतुलनीय सहयोग गर्नुहुने सहयोगी मनहरुप्रती सम्मान ब्यक्त गर्दै गुम्बा निर्माणको अन्तिम चरण सम्म यथासक्दो सहयोग गर्ने र गुम्बा निर्माणका लागि गाउँपालिका,प्रदेश सरकार लगायत सबै संग सहकार्य र समन्वय गर्न सहयोग गर्ने जनाइएको छ।गुम्बा निर्माण कार्यका लागि आर्थिक अभाव भएको र अझैपनी धेरै काम गर्न बाकी भएकोले इच्छुक महानुभावहरुमा सहयोगको आशा समेत गुम्बा परिवारले गरिएको छ।गुम्बाा निर्माण जस्तो कार्यमा कति मोटो रकम खर्च हुन्छ भन्ने विषयमा हामीलाई अवगत नै छ।खिजिदेम्बा गाउँपालिकाको वडा नं-४ मा यतिको नमुना नाम्ड्रोल थार्पालिङ गुम्बा निर्माणले खिजिकाती बसी हर्षित हुनुको साथै सिङ्गो ओखलढुंगाकै इतिहासमा नमुना गुम्बा बनेको छ।यस अघि नाम्ड्रो थार्पालिङ गुम्बाले धार्मिक कार्यक्रमहरु,दशमी पुजा( छेच्यु) देव अवतरण दिवस,मणि छोकोर,बुद्ध जयन्ती लगायतको कार्यक्रमहरु स्थानीय जाङ्बु शेर्पा लामाको घरमा गरिदै अाएकाे छ। स्थानीय लामाको घरमा पुजापाठ लगायतका कार्यक्रमहरु गर्न असजिलो महसुस गरी गुम्बा निर्माण कार्यको थालनी भएको स्थानीयहरुको भनाइ छ।गुम्बा निर्माणका लागि सबैको हातेमालो आवश्यक देखिन्छ।धार्मिक गुम्बा निर्माणले स्थानीय आम जनसमुदाय लाभान्वित हुनुको साथै खुशी भएका छन।



from Sherpa media Group Nepal https://ift.tt/2NRCAxZ

No comments:

Post a Comment

Pages