नेपाली राजदुतावास हुँदै चल्ने टोकियो बससंग पून एक बर्षका लागि सम्झौता - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

नेपाली राजदुतावास हुँदै चल्ने टोकियो बससंग पून एक बर्षका लागि सम्झौता

टोकियो,असोज ४ । टोकियोको मेगुरो बस स्टेशनबाट नेपाली राजदुतावास हुँदै चल्ने टोकियो बससंगको सम्झौता पून: अर्को बर्षका लागि नबिकरण गरेको छ ।

ट्रेन स्टेशनबाट राजदूताबाससम्म जानको लागि प्रयोग गरिने ४ वटा रूटका फरक -फरक बसमा यो सेवा लिन सकिनेछ। नेपाली राजदुतावास टोकियो र एनआरएनए जापानको पहलमा सो अभियान थालनी भएको हो ।

मेगुरो बस स्टेशनबाट ४ वटा रूटका बस एक दिनमा ४०० पटक दुतावासको अगाडिको बाटो हुँदै चल्ने गर्दछन् । राजदुतावास नजिकको बस स्टेशन आएपछि दिनमा प्रत्येक बसले “नेपाली राजदुतावास आयो यो स्टेशनमा, ओर्लदा सहज हुन्छ र नजिकको पेट्रोल पम्प लाई दाहिने पारेर मोडिनु जसको केहि अगाडि नेपाली राजदुतावास छ “भनेर जापानी र अंग्रेज़ी भाषामा उद्दघोष गर्ने गर्दछ। नेपाली राजदूताबास जाने जो कोहि नेपाली वा बिदेशी पाहुनाले सजिलै सेवा उपभोग गर्ने र उक्त रूट भएर चल्ने बसमा यात्रा गर्ने हजारौ पर्यटकहरुले नेपाली राजदुतावासको नाम सुनेपछि नेपालको बारेमा अझ बढि चासो लिने र नेपाल प्रतिको कौतुहलता अभिवृद्धि हुने भएकाले सेवासंगै नेपाल चिनाउने माध्यम भएको एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेत बताए ।

एक दिनमा ४ सय पटक बस त्यस स्टेशनमा रोकिन्छ भने ४ सय पटक नै उद्घघोष गर्ने छ। सन २०१५ को रेकर्ड अनुसार एक बर्षमा, १ करोड ३७ लाख २७ हजार २ सय २३ जना प्यासेन्जरहरुले त्यो रुटमा यात्रा गर्ने गरेको देखाएको छ । उक्त सेवा लिए बापत बस ब्यवसायिलाई बार्षिक ४ लाख २० हजार जापानी येन शुल्क भुक्तानी गर्नुपर्ने छ । सन २०१९ अक्टूबरसम्मका लागि नेपाली राजदूताबास जापान र एनआरएनए जापानले ५०/५० प्रतिशत रकम भक्तानी गरेर नबिकरण गरेको हो ।

यो सुबिधा सन् २०१७ अक्टुवर १ तारिकबाट प्रारंभ भएको थियो र अक्टुवरमा सम्झौता सकिन लागेको थियो तर नेपाली दुतावासमा जानको लागि यो सुविधा निकै प्रभावकारी भएकोले पुन:नेपाली राजदुतावास टेकियोका उपनियोग प्रमुख श्री कृष्ण चन्द्र अर्याल ,एनआरएनए जापानका अध्यक्ष श्री टासि वाङदी लामा र टोकियो बसबिच एक बर्षको लागि नेपाली राजदुतावास टोकियोमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

श्रोत: matrisandesh.com



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2QJ38Qq

No comments:

Post a Comment

Pages