सञ्चारको सल्लाहकार चयन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

सञ्चारको सल्लाहकार चयन

पाचौ महाधिवेशनबाट निर्वाचित नया कार्यसमितिले सात सदस्यि सल्लाहकार समिति चयन गरेको छ । शनिवार नवनिर्वाचित अध्यक्ष निम्लेकी शेर्पाको अध्यक्षतामा बसेको केन्द्रिय पदाधिकारी र असोज ६ गते विभिन्न विधाबाट मनोनित सल्लाहकारहरुको संयुतm बैठकले आचार्य नुर्वु शेर्पा संयोजकत्वमा सात सदस्यि सल्लाहकार समिति चयन गरेको हो । असोज ६ गते मनोनित सल्लाहकारहरुमा धर्म भाषा संस्कृति विधाबाट आर्चाय नुर्बु शेर्पा, खोज तथा अनुसन्धानबाट ङिमा तेण्डुप शेर्पा, पर्यटन विधाबाट सोनाम ग्याल्जेन शेर्पा र ङिमा देण्डी शेर्पा, पत्रकारिता क्षेत्रबाट छेटु शेर्पा, डोमा शेर्पा र थेन्दुप शेर्पालाई असोज १३ गते चयन गरेको हो । शेर्पा साथै संस्थाले मिस मङगोल विजेता जाङ्मु इन शेर्पा र दोस्रो स्थान हासिल गर्न सफल पुनम शेर्पालाई वधाई तथा सम्मान कार्यक्रम पनि गरेको छ ।

कार्यसमितिको बैठकमा उपस्थित हुनुभएका सम्मानित व्यक्तित्वलाई आर्चाय नुर्बु शेपाले खादाद्धारा सम्मान गर्नु भएको थियो । नया“ निर्वाचित कार्यसमितिलाई बधाई दि“दै सल्लाहकारहरुबाट समग्र शेर्पाहरुको प्रतिनिधित्व गर्ने शेर्पा सञ्चार समुह नेपालको कार्यक्रम समुदायमुखि मात्र नभइ प्रभावकारी रुपमा शेर्पा सञ्चार समुह नेपालले आफ्नो भुमिका निभाउनु पर्ने सुझाव दिएका थिए । बैठकमा शेर्पा संचार समुहको भावी कार्यक्रमका बारे पनि छलफल भाएको बैठक पछि केन्दीय महासचिव पासङ शेर्पाले जानकारी दिनुभयो । बैठक शेर्पा संचार समुहको अध्यक्ष निम्लेकी शेर्पाको अध्यक्षतामा भएको थियो ।



from Sherpa media Group Nepal https://ift.tt/2NcLoKt

No comments:

Post a Comment

Pages