“नेपालको कृषि प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका” बिषय मा छलफल तथा अन्तरक्रिर्या कार्यक्रम टोक्यो मा सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 25, 2018

“नेपालको कृषि प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका” बिषय मा छलफल तथा अन्तरक्रिर्या कार्यक्रम टोक्यो मा सम्पन्न

गैर आवासीय नेपाली संघ (एनआरएन) को बिशेष सहयोग मा “नेपालको कृषि प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका” बिषय मा छलफल तथा अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई २ चरण् मा बिभाजन गरी प्रथम चरण् मा एनआरएन कृषि प्रवर्द्ध कार्यकारी समिती, विश्व उप-सम्योजक कपिल देव थापा ले एनआरएन कृषि प्रवर्द्ध समिती गठन गर्नु को उदेस्य , संगठनात्मक संरचना र अहिले सम्म को प्रगती विवरण र भाबि योजना को बारेमा प्रस्तुती गर्नु भएको थियो ।
त्यसै गरी टोक्यो कृषि विश्वविद्यालय मा पोस्ट डक्टर रिसर्चर मा कार्यरत साथै एशिया प्रशांत क्षेत्र का संयोजक डा. एबिन कुँवर ले “नेपाल को कृषि मा लगानी का सम्भावना” को बिषयमा, एशिया प्रशांत क्षेत्र जापानका सदस्य तथा टोक्यो कृषि विश्वविद्यालय पीएचडी पहिलो बर्ष का योगेन्द्र घर्ति मगर ले “नेपाल को कृषि मा प्रबिधी को प्रयोग आज को आवश्यकता ” बिषयमा, एशिया प्रशांत क्षेत्र जापानका संयोजक तथा राज एग्रीकल्चर फार्म हाउस का संचालक राज सरद राज शर्मा लामिछाने ले “व्यवसायिक कृषि मार्फत कृषि पर्यटनको सम्भावना” बिषयमा, एशिया प्रशांत क्षेत्र जापानका सदस्य तथा स्याङ्जा एग्रो एंड रिचर्च् सेन्टर का संचालक सुरेश रेग्मी ले “कृषि मा आधुनिकीकरण र एग्रो टुरिजम का साथ् रिचर्च् सेन्टर को आवश्यकता ” बिषय मा आफ्नो प्रस्तुती गर्नु भएको थियो ।
त्यसै गरि जापान बाट कृषि र प्रबिधि नेपाल मा भित्राउन सफल व्यक्ति अशोक शाही (एभरेष्ट किनोको प्राइभेट लिमिटेड का संचालक तथा एशिया प्रशांत क्षेत्र जापानका सदस्य) को एभरेष्ट किनोको को बारेमा डकुमेन्ट्री र जापान बाट रेन्बो ट्राउट माछा नेपाल मा भित्राउन र विस्तार गर्न सफल बरिस्ठ बैज्ञानिक डा टेक बहादुर गुरुङ को बारेमा जापानी टेलिभिजन मा देखाइएको डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।

दोस्रो चरण मा प्रस्तुति गर्ने व्यक्ति र सहभागी का बीच मा प्रश्नोत्तर कार्यक्रम राखिएको थियो।
उक्त कार्यक्रम एनआरएन जापान का महासचिब बुद्धिराज घिमिरे ले संचालन गर्नु भएको थियो भने कार्यक्रम मा एनआरएन कृषि प्रवर्द्ध कार्यकारी समिती का सल्लाहकार डा कविन्द्र पी कंडेल, एनआरएन जापान का अध्यक्ष टासी वाङदी लामा लगायत विभिन्न सस्थाको प्रतिनीधि र बिशेष व्यक्तित्वहरु, पत्रकार, कलाकार, बुद्दिजिबी, बिधार्थी , व्यवसायी , कानुन व्यवसायी हरुको उपस्थिति रहेको थियो।

उक्त भेला ले एनआरएन जापान र आइसिसि कृषि प्रवर्द्ध समिती ले जापानमा नै एक बृहत कृषि बिज्ञ भेला गर्ने र नेपाल को हावापानी र भौगोलिक अवस्था अनुसार जापान का उन्नत कृषि प्रणाली र बिउ बिजन को बारेमा अनुसन्धान गर्ने र जापान बाट नेपाल मा कृषि प्रबिधि भित्राऊनको लागि पहल गर्ने निर्णय गरिएको छ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2MYVApL

No comments:

Post a Comment

Pages