शेर्पा सञ्चार समुह नेपालको पा“चौ महाधिवेशन तयारी अन्तिम चरणमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 10, 2018

शेर्पा सञ्चार समुह नेपालको पा“चौ महाधिवेशन तयारी अन्तिम चरणमा

शेर्पा सञ्चार समुह नेपालको पा“चौ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाविधवेशन आम संचार क्षेत्रमा शेर्पाहरुको व्यापक सहभागिता पहिचान सहितको संचार क्षेत्रलाई व्यावसायीकरण गर्ने हाम्रो प्रतिवद्धता भन्ने नारा सहित भदौ ३० गते काठमाडौको कुमारीगलस्थित ज्योति पार्टी प्यालेसमा हु“दैछ । विगत १ दशकदेखि शेर्पा सञ्चार क्षेत्रमा शेर्पा समुदायको उपस्थिति र पत्रकारिता क्षेत्रको युवाहरुको आकर्षणको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । पा“चौ राष्ट्रिय महाधिवेशनका लागि ताप्लेजुङ, खोटाङ, सोलुखुम्बु, रामेछाप चार वटा जिल्ला शाखाबाट प्रतिनिधी आउने छ । पा“चौ महाधिवेशनको अवसरमा संस्थाको विकासका लागि आफ्नो क्षेत्रबाट सकारात्मक सोच बिचार राखी आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्ने संघसस्था तथा महानुभावहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । साथै शेर्पा सञ्चार समुह नेपालले साउन १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेकोे उद्घोषण तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको छ । संस्थाले समुदायमा पत्रकारिता क्षेत्रमा शेर्पाहरुको सहभागिता वृद्धि गर्ने, सञ्चार क्षेत्रमा व्यावसायिक पत्रकारिता सम्बन्धि तालिम सञ्चालन गर्ने, रेडियो, टेलिभिजन, फोटोपत्रकारिता लगायत उद्घोषण तालिम दिदै आई रहेको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2oVvMB4

No comments:

Post a Comment

Pages