न्यूयोर्कमा सामाजिक अभियन्ता तीन नेपाली नारीहरू नारी बुद्धिस्ट लामा मिन्ड्रोलिङ् जेचुन् खाँडो रिन्पोक्षेद्वारा सम्मानित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 13, 2018

न्यूयोर्कमा सामाजिक अभियन्ता तीन नेपाली नारीहरू नारी बुद्धिस्ट लामा मिन्ड्रोलिङ् जेचुन् खाँडो रिन्पोक्षेद्वारा सम्मानित

न्यूयोर्कमा शेर्पा किदूग अमेरिकाद्वारा विश्वकै अग्रणी नारी बुद्धिस्ट लामा गुरुमाँ मिन्ड्रोलिङ् जेचुन् खाँडो रिन्पोक्षेको समुपस्थितिमा भएको ग्रिन तारा ईम्पावरमेण्ट बुद्ध पूजा र आराधना समारोह सम्पन्न गरेको छ ।
यस समारोहमा सामाजिक अभियन्ता तीन नेपाली नारीहरू डा. विष्णुमाया परियार, नर्वदा क्षेत्री र राजन विश्वकर्मा बुद्धिस्ट लामा गुरुमाँ मिन्ड्रोलिङ् जेचुन् खाँडो रिन्पोक्षेद्वारा सम्मानित भएका छन्।

उक्त समारोहमा डा. विष्णुमाया परियारको जीवनगाथाबारे ‘अनटचेवल (अछूत)’ र मदर राजन विश्वकर्माद्वारा हेरचाह गरिएका अनाथ बालबालिकाबारे डकुमेण्ट्री प्रदर्शन गरिएको थियो ।

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेभन फुलपकि डाईभर्सिटी एण्ड ईन्क्लुसन बोर्ड सल्लाहकार समेत रहेकी डा. परियारको संस्था एड्वान (ADWAN.ORG) ले स्थापना काल सन् १९९८ देखी हालसम्म एड्वानको शैक्षिक कार्यक्रमबाट १५ हजार बढी बालबालिकाहरु लाभान्बित भएकाछन् भने ‘महत्वाकांक्षी छात्राकोष’ बाट २३२ जना किशोरी विद्यार्थीहरुले कलेज स्तरको उच्च प्राबिधिक शिक्षा हाँशिल गर्न सफल भएका छन् । यो साल सन् २०१८ मा थप १०० जना विद्यार्थीहरुले ‘महत्वाकांक्षी छात्राकोष’ प्राप्त गर्ने घोशणा गरिएको छ । एड्वानले नेपालका बिपन्न र दलित समुदायका ५० हजारभन्दा बेशी महिलाहरु र तिनका परिवारलाई सामाजिक रुपान्तरणमा लाभान्बित पुराउँदै आएको छ ।

न्यू योर्क शहरको कुईन्समा सकृय नेपाली महिलाहरूद्वारा नेतृत्व गरिएको ‘अधिकार’ कि नर्वदा क्षेत्रीको सबल नेतृत्वमा हजारौं महिलाहरू लाभान्वित भएकांछन्।

त्यसैगरी, नेपाल डिप्राईभ्ड नोमेन एण्ड चिल्ड्रन अपलिफ्टमेण्ट सेण्टरबारे बृतचित्र पनि प्रदर्शन गरिएको थियो। मदर राजन विश्वकर्माद्वारा स्थापित सेण्टरले १०० भन्दा बढी अनाथ बालबालिकाहरूलाई सहयोग गरेकोछ भने हाल ८५ अनाथ बालबालिकाहरू सेण्टरको आफ्नै होष्टेल बसोवास र विद्धालयमा अध्ययनरत छन्।

The post न्यूयोर्कमा सामाजिक अभियन्ता तीन नेपाली नारीहरू नारी बुद्धिस्ट लामा मिन्ड्रोलिङ् जेचुन् खाँडो रिन्पोक्षेद्वारा सम्मानित appeared first on Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2vF7m2O

No comments:

Post a Comment

Pages