गाउँपालिकाका विद्यार्थी सम्मानित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 11, 2018

गाउँपालिकाका विद्यार्थी सम्मानित

साउन ६
दाक्पीखबर संवाददाता
सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकाबाट एस इ इ उर्तिण गरेका ४० जना विद्यार्थीहरुलाई राजधानीमा सम्मानित भएका छन । महाकुलुङ्ग सरोकार समाजको आयोजनामा काठमाडौमा गाउँपालिकाबाट उत्कृष्ट नतिजा ल्याउने पाँच जना विद्यार्थीलाई जनहि नगद तथा प्रमाणपत्र र अन्य विद्यार्थीहरुलाई प्रमाणपत्र सहित सम्मान गरेको हो । प्रतिनिधि सभा सदस्य माननीय सांसद हेमकुमार राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महाकुलुङ्ग गाउँ पालिकाका तीन माध्यामिक बिद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल ५ विद्यार्थीहरु श्री सगरमाथा मा.बि. बुङ्गको उत्कृष्ट विद्यार्थी नित्र कुलुङ्ग , श्री गुदेल मा.बि. समान जिपिए ल्याउदै उत्कृष्ट नतिजा ल्याउन सफल कला कुलुङ् ,सम्झाना कुलुङ्ग , जनहि रु. ५,००० तथा सम्मानपत्र र श्री छेस्काम मा.बि. बाट उत्कृष्ट नतिजा हासिल गर्दै महाकुलुङ्ग उत्कृष्ट हुन सफल एलिसा कुलुङ्गलाइ रु . ७,००० नगद सहित सम्मान गरेको संस्थाका सदस्य नुरु शेर्पाले जानकारी दिनुभयो ।

महाकुलुङ्ग सरोकार समाजका अध्यक्ष शुक्रमणी राईको सभापतित्वमा सुर्य क्याटेरिङ्ग धुम्बारहिमा सप्पन्न कार्यक्रममा महाकुलुङ्ग गाउँपालिकाका अध्यक्ष सागर किराँत , उपाध्यक्ष बिपना कुलुङ्ग, वडा नं. १ का वडा अध्यक्ष बिकास राई, २ का वडा अध्यक्ष प्रदिप कुलुङ्ग, ४ का वडा अध्यक्ष जयकुबिर कुलुङ्ग,नेपाली कङ्रेसका नेता सुर्य राई, भलाकाजी कुलुङ्ग, नेकपाका नेता गञ्जकुबिर राई, अर्जुन कार्की, नेपाल किराँत कुलुङ्ग भाषा संस्कृतिक उत्थान केन्द्रका अध्यक्ष चन्द्रसिङ्ग कुलुङ्ग गुदेल शेर्पा किदुकका उपाध्यक्ष दावा शेर्पा अनेरास्ववियु सोलुखुम्बुका स.स. तेन्जी शेर्पा लगाएत दुई सय भन्दा बढी विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।



from DakpiKhabar.com https://ift.tt/2MDXKf0

No comments:

Post a Comment

Pages