सरकार अब पनि गुम्ब नबनाए हामी बाध्य २९ जिल्ला ठप्प पार्छौ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, August 15, 2018

सरकार अब पनि गुम्ब नबनाए हामी बाध्य २९ जिल्ला ठप्प पार्छौ

२०७२ को भुकम्पले भत्काएका गुम्बाहरु निर्माण नभएको भन्दै गुम्बा तथा विहारका प्रतिनिधीहरुले निर्माण प्रक्रिया सुचारु गर्न माग गर्दै राजधानीमा बृहत ¥याली निकालेको छ । बुधबार नेपाल गुम्बा विहार महासंघको नेतृत्वमा विभिन्न २९ जिल्लाका गुम्बा तथा विहारका प्रतिनिधी लामाहरु सहित गुम्बा विहार जिल्ला कमिटी थुन्सेमा गुम्बाका कागजपत्र बोकेर आन्दोलनमा उत्रिएका हुन् । काठमाडौको भृकुटीमण्डपबाट सुरु भएको विरोध प्रदर्शन शहिदगेट, जमल हुँदै शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । भुकम्पका कारणले नेपालका २९ जिल्लामा १ हजार ३ सय २० गुम्बा तथा विहारमा क्षति पुगेको सरकारी तथ्यांक छ । जससालाई १ देखि ५ श्रेणीमा विभाजन गरि क्षतिको मुल्यांकन गरिएको छ । श्रेणी १ श्रेणीमा ७०, २ मा १ सय ३०, ३ मा २ सय ३, ४ मा २ सय ९८ र श्रेणी ५मा ५सय ९६ ओटा गुम्बा तथा विहार रहेको तथ्याङ्क छ ।

The post सरकार अब पनि गुम्ब नबनाए हामी बाध्य २९ जिल्ला ठप्प पार्छौ appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2MNFWOq

No comments:

Post a Comment

Pages