यस बर्षको वातावरण पत्रकारिता पुरस्कार अन्नपूर्णकर्मी छेटु शेर्पालाई - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 5, 2018

यस बर्षको वातावरण पत्रकारिता पुरस्कार अन्नपूर्णकर्मी छेटु शेर्पालाई

काठमाडौं, जेष्ठ २२ । पत्रकारितामा कृयाशिल अन्नपूर्णकर्मी छेटु शेर्पालाई यस वर्षको वातावरण पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । शेर्पाले वन, वातावरण, पर्वतारोहणलगायतका विषयमा केन्द्रित रहेर समाचार लेख्छन्

। शेर्पासँगै अर्का सञ्चारकर्मी चन्दनकुमार मण्डललाई पनि पुरस्कृत गरिने नेफेजले जनाएको छ । विश्व वातावरण दिवसका अवसरमा मंगलबार उनीहरूलाई पुरस्कार वितरण गरिने नेफेजले जनाएको छ ।

पुरस्कारको राशी २५ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । नेफेजले वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनोट गरी यो पुरस्कार एक जनालाई प्रदान गर्दै आएको छ ।

तर यो पटक विषयगत विविधता, तथ्य–तथ्यांक, भाषा, जनसरोकार र मौलिकता भएका लेखहरूको मूल्यांकन गर्दै दुवैजना पत्रकारको बराबरी अंक आएकाले यो पुरस्कार दुवैजनालाई दिने निर्णय भएको नेफेजले जनाएको छ ।
श्रोत आनपूर्ण पोस्ट



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2kQx9PI

No comments:

Post a Comment

Pages