गगनधर्म चित्तनिधिको संक्षिप्त जनकारी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, June 6, 2018

गगनधर्म चित्तनिधिको संक्षिप्त जनकारी

गगनधर्म चित्तनिधिु आठौँ शताब्दीमा ९खेन्लोब(छोस्सुम० महोपाध्याय शान्तरक्षित, आचार्य गुरु पद्मसम्भव तथा तिब्बती धर्मराज ठ्रीस्रोङ देउचनको युगमा रहेको गुरु पद्मसम्भवको शिष्य छिम्फुको पच्चिस(महासिद्धहरू मध्ये शुद्पु पल्ग्यी सेङ्गेको सत्यलीलाको रूपमा गुरु पद्माकरको भविष्यवाणीद्वारा प्रामाणित निधिअन्वेषक निर्माणकाय मिग्युर दोर्जे ९सन् १६४५(१६६७० तेह्र सालको उमेर हुँदा भोट पञ्चाङ्ग अनुसार फाल्गुन महिनाको कृष्णपक्ष देखि चैत्रमासको शुक्लपक्ष सप्तमीको दिनसम्म महाकारुणिका जगद्विनायक एवम् अवलोकितेश्वरले प्रत्यक्ष दर्शन गराई प्रत्येक दिन गगनधर्म वज्रपदको एक(एक बज्र शब्दपङ्ति र त्यसका ब्यख्या समेत गरिदिनु भएको विशेष उपदेशका गम्भीरनिधि अथवा अवलोकितेश्वरको मुखागम हो। यो उपदेशग्रन्थ प्राचीन साम्प्रदायिक नौ(यान मध्ये तीन(अभ्यन्तरतन्त्र समूहका महासान्धि तथा अतियोगको अन्तर्गत र वंशानुसर दिर्घागम परम्परा र आसन्न निधि परम्परा मध्ये दोस्रो परम्परामा पर्दछ। यति मात्र नभई यसमा दिर्घागम, आसन्ननिधि र कर्णवंश परम्परा तीनैवटा समेटिएकोबारे यस गम्भिरोपदेशको शिक्षण ग्रन्थमा“इष्टदेव महाकरुणिकाले प्रत्यक्षरूपमा दिनुभएको उपदेश रहेकोले दिर्घागम हो। निधिपात्र र स्थानमा आधारित नभएकोले गगनधर्म हो। इष्टदेवबाट सीधा श्रवण गरी परम्परितरूपमा चलिआएकोले कर्णवंश परम्परा हो।” भनेर उल्लेखित गरेको छ।


सामान्यतया निधिधर्ममा भूनिधि र मनोनिधि इत्यादि धेरै प्रकारका रहेता पनि यो महाकरुणिका अवलोकितेश्वरले निधिअन्वेषक स्वयंलाई अगाडि आकाशबाट प्रत्यक्ष दर्शन गराई साक्षात रूपमा दिनुभएको गम्भीर कर्णवंश हो। अतः निधिपात्र र स्थानमा आधारित नभएको कारणले गगनधर्मको नामले प्रसिद्ध भएको हो। हाल निर्माणकाय मिग्युर दोर्जेको निधिकोष गगनधर्म चित्तनिधि ग्रन्थको आधारमा जम्मा तेह्रवाट पुस्तक रहेका छन्।


यस निधिधर्मको अभ्यास विशेष गरी पुर्वनुदित बौद्ध अध्ययनकेन्द्रको रूपमा प्रचलित रहेको प्राचीन बौद्ध सम्प्रदायको छ मूलमठ मध्ये पल्युल साम्प्रदायिक मठमा चलेको अभ्यास हो। पल्युलमा यसको सुरुवात निधिअन्वेषक स्वयंको शिष्य भगावन गौतम बुद्धको सुपुत्र रहुलको सत्यलीला मानिने पल्युल सम्प्रदायको पहिलो सिंहासन(धारक विद्याधर कुन्जाङ शेसरब ९१६३६(१६९८० देखि चलेअनुसार पल्युल साम्प्रदायिक मठको क्रमिक सिंहासन(धारकहरूको जीवनकालमा पनि गगनधर्म चित्तनिधिको विशेषरूपमा अभ्यास गर्दै आएको र पछिल्लो समयमा पल्युल साम्प्रदायको ११ औं सिंहासन(धारक परम पुजानिय गुरु पद्म नोर्बु रिन्पोछेको अथक प्रयासबाट दक्षिण भारत स्थित नाम्ड्रोलिङ गोन्पा स्थापित गर्नु भई सम्पूर्ण बौद्ध धर्म र विशेषगरि प्राचीन बौद्ध धर्म साम्प्रदायिकको उत्थान र यस गगनधर्म चित्तनिधिको अभ्यासलाई भारत, नेपाल, भुटान, चीन आदि एशियाली मुलुक र अमेरिका लगायतका पश्चिमी मुलुकमा पनि यो अभ्यास प्रगतिशील र निरन्तर रुपमा अभ्यास भैरहेको छन्।

यो एउटा संक्षिप्त जानकारी मात्र हो। यस निधि सम्प्रदायको विस्तृत इतिहासको बारे गगनधर्मको व्याख्यान र महानिधिअन्वेषक निर्माणकाय मिग्युर दोर्जेको जीवनी, र विद्याधर कुन्जाङ शेसरब आदि गगनधर्मको अभ्यासी वा महान् साधक विद्वान्सिद्धहरूको जीवन(वृत्तांतबाट जान्नु होला।

गगनधर्म महासान्धिको एक महिने पूर्वअभ्यासमा गरिने ध्यान र साधानाहरु।
यस गगनधर्म महासान्धिको एक महिने पूर्वअभ्यासमा निम्न तालिका बमोजिम अभ्यासहरू भईरहेको छन्
समय                                                                       ध्यान र साधानाहरु
सामान्य पूर्वयोगको चार निर्वृत चित्त
जेठ १८ गते                                                              मानव जिवन पाउनु कठिनाई
जेठ २० गते                                                              आयु अनित्य
जेठ २२ गते                                                               कर्म हेतुको फल
जेठ २४ गते                                                               संसारिक दोष
विशिष्ट पूर्वयोग
जेठ २२ गते                                                               शरण गमन
जेठ २६ गते                                                               बोधिचित्तोत्पाद
जेठ ३० गते                                                                मण्डल अर्पण
आषाढ २ गते                                                             वज्रसत्त्व भावना एवम् मन्त्रजाप
आषाढ ६ गते                                                             गुरुयोग
आषाढ ११ गते                                                           द्रुतमार्ग उत्क्रान्तियोग ९फोवा० को शिक्षण

गगनधर्म महासान्धिको पूर्वअभ्यास गर्नुको उदेश्य।
विशेष गरि यो पूर्वअभ्यास गगनधर्म महासान्धिको चण्डालीयोग र महासान्धिको ठ्रेग्छोद् ९तत्क्षण(छेदनाभ्यास० र थोद्गाल ९क्रमविहीनाभ्यास० लगयात सम्पूर्ण गम्भीरोपदेशहरू को साधानाको पूर्व गरिने अभ्यासलाई बुझिन्छ। जुन पूर्वअभ्यास विना गगनधर्म महासान्धिको साधाना गर्न नमिल्ने भएकोले यस पूर्वअभ्यासलाई महत्वपूर्णरुपमा लिने गरिन्छ। बुद्ध ज्ञान प्राप्तीको निमित्त सबै भन्दा निकटमार्ग नै महासान्धिको साधाना गर्नु हो । त्यसमा पनि विशेष गरि अहिलेको समयमा मनुश्यको आयु घटिरहेको अवस्थामा महासान्धिको साधाना गर्नाले छोटो अवधिमा नै सिद्धी प्राप्त गर्न सकिने बौद्ध ग्रन्थहरुमा उल्लेख गरेको पाईन्छ।

पूर्वअभ्यास धर्मदेशना।
मिति २०७५ जेठ १८ गते देखि आषाढ १६ गते सम्म यस हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजले दोस्रो पटक अयोजन गरिएको गगनधर्म महासन्धिको पूर्वाभ्यास परम पुजानीय सद्गुरु पद्म नोर्बु रिन्पोछेको विशिष्ट शिष्य ९छोग्ट्रुल(नम्सुम र खान्छेन(नम्सुम० मध्ये परम पूजानीय धर्म गुरु खेन्टुल् ग्याङ्खङ् रिन्पोछे ज्यूको बाहुल्यबाट एक महिनाको अवधिभर बौद्ध टुसाल काठमाण्डौमा रहेको शेर्पा सेवा केन्द्रमा धर्मदेशना दिईरहनु भएको छ। साथै उक्त धर्माभ्यासमा लगभग ३५० जना पूर्वाभ्यासीले ध्यान र साधाना गरिरहनु भएको छ। र भविष्यमा समय र परिस्थितिको अनुकूल बाँकी विशेष अभ्यासहरूको पनि आयोजना गर्ने लक्ष्य रहेको छ। सर्वमंगलम।

खेन्पो लाक्पा शेर्पा
महासचिव, हिमालयन शेर्पा बौद्ध सांस्कृतिक संरक्षण समाज



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2LshjWF

No comments:

Post a Comment

Pages