संघीय पर्यटन समिति स्थापना गर्न भेला आयोजक समिति गठन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, June 15, 2018

संघीय पर्यटन समिति स्थापना गर्न भेला आयोजक समिति गठन

काठमाडौं , बद्लिँदो परिस्थितीमा गतिविधिअघि बढाउँदै समावेशी पर्यटन क्षेत्र निर्माणका लागि ‘संघीय पर्यटन समिति’ गठनको पहल थालिएको छ । संघीय समाजवादी फोरम नेपाल निकट पर्यटन व्यवसायीहरुलाई एकिकृत गर्न भेला आयोजक समिति गठन गरिएको हो । राजधानीको पुतलीसडकमा भएको वैठकले कर्ण घलेको अध्यक्षतामा भेला आयोजक समिति गठन गरेको हो । घलेको अध्यक्षतामा १५ सदस्यीय भेला आयोजक समिति गठन गरेको केन्द्रीय सदस्य तथा समिति निर्माणका लागि पहल गरिरहेका ल्हाक्पा शेर्पाले जानकारी दिए ।
पहिचान, समानता र समाजवाद उन्मूख समाजमा सोही सिद्धान्तलाई अंगिकार गर्दै पर्यटन क्षेत्रमा संलग्न रहेका समाजवादी विचारधारलाई एकिकृत गर्ने हेतुले संघीय पर्यटन समिति गठन गर्न लागिएको केन्द्रीय सदस्य शेर्पाले जानकारी दिए । समिति गठनका लागि गत शनिबार प्रारम्भिक छलफल गरेको उनले बताए ।

राजधानीमा हालै सम्पन्न भेलाले चाँडै संघीय समाजवादी पर्यटन समिति गठनका लागि भेला आयोजना गर्ने छ । ‘भेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न समितिहरु गठन गरेका छौं ।’ संयोजक घलेले भने ‘समितिले पूर्णता पाएँसँगै हामी हाम्रो विचार समूहका साथीहरुलाई एकिकृत गर्ने अभियानमा छौं । यो ‘क्याम्पीयन’ले तिब्रता पाएको छ । छिट्टै मूर्त रुप लिन्छ र हामी शक्तिशाली समिति निर्माण गरी घोषणा गर्छौं ।’
भेला आयोजनाका लागि कर्मा शेर्पाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । जसमा सदस्यहरु जेवि खालिङ र सुरज गुरुङ छन् । त्यस्तै, धिरेन वाहिङको संयोजकत्वमा मिङमार दावा शेर्पा र विरबहादुर तामाङ सदस्य रहेको आर्थिक समिति, छिरिङ शेर्पा संयोजक र अशोक कुमार तामाङ र ङावा शेर्पा सदस्य रहेको प्रचारप्रसार समिति गठन गरेको जनाएको छ । त्यस्तै, भेला आयोजक समितिमा गेल्बु छिरी शेर्पा, सुजन बाहिङ, केवल कुमार राई, लोकबहादुर तामाङ, दिलकुमार श्रेष्ठ लगायत सदस्य रहेका छन् ।
समितिले छिट्टै स्थान मिति र समय तय गरी भेला आयोजना गर्ने समेत निर्णय गरेको छ ।
-शेर्पाखबर



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2LV4Nzl

No comments:

Post a Comment

Pages