पत्रकारद्धयलाई छोक्पाको प्रवक्ता र मिडिया कोअर्डिनेटरमा मनोनित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 12, 2018

पत्रकारद्धयलाई छोक्पाको प्रवक्ता र मिडिया कोअर्डिनेटरमा मनोनित

यसैबीच छोक्पाको पहिलो बैठकले विभिन्न संचार माध्यमद्वारा विश्व शेर्पा सम्मेलन र विश्व शेर्पा समुदायको पहलहरूलाई विश्वसामु राख्ने अहम भूमिकालाई कदर गर्दै अमेरिकाबाट वरिष्ट शेर्पा पत्रकार आङ छिरिङ शेर्पालाई जम्बुलिङ शेर्वी छोक्पाको प्रवक्ता र डिजीटल संचार माध्यमबाट संसार भरिको शेर्पा समुदायलाई जोड़्दै विश्व सेर्पा सम्मेलन सफलता पूर्वक आयोजना गर्न सहयोग गरेको भन्दै पोर्तुगलबाट पेम्बा गेलु शेर्पालाई मिडिया कोअर्डिनेटरमा मनोनयन गरेको छ ।

मनोनित प्रवक्ता आङ छिरिङ शेर्पा गत अक्टोबरमा सम्पन्न प्रथम विश्व शेर्पा सम्मेलनको प्रचारप्रसार समिति संयोजक भएर काम गरेका थिए, उनी नेपालमा एक दशक भन्दा बढी कान्तिपुर पब्लिकेशनमा पत्रकारिता गरेको अनुभवसँगै दक्षिण एसियाबाट पहिलो पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने किर्तिमानी पत्रकार समेत हुन । हाल अमेरिकामा पत्रकारितालाई निरन्तरता दिदै क्रियाशिल शेर्पा नेपाल अमेरिका पत्रकार संघको संस्थापक अध्यक्ष र एभरेष्ट टाईम्स अनलाईन र अमेरिकाबाट प्रकाशन हुँदै आएको एभेष्ट टाईम्स पत्रिकाको प्रधानसम्पादक समेत हुन । त्यसै गरी छोक्पाको संचार संयोजकमा मनोनित भएका पेम्बा गेलु शेर्पा शेर्पा संचार समूह नेपालका संस्थापक सचिव र पुर्व अध्यक्ष हुन । विभिन्न सामाजिक अभियानमा क्रियाशिल उनी हिमालयन शेर्पा संस्कृतिक केन्दूका पुर्व महासचिव र उपाध्यक्ष समेत हुन । नेपालमा रहँदा गोरखापत्रमा भाषिक पत्रकारिता गरेका उनी हाल पोर्तुगलमा बस्दै आएका छन ।

विश्व शेर्पा मञ्चको स्थापनार्थ गठित तदर्थ समितिको बैठकहरुमा विशेष गरी प्रविधिक रुपमा सहयोग गर्दै आएका उनी शेर्पा संघ यूरोपको महासचिव र नेपाल पत्रकार महासंघ यूरोप शाखाका सचिव समेत हुन ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2LKOSDz

No comments:

Post a Comment

Pages