बुद्धजयन्ती : सागा–धावा कि वैशाख पूर्णिमा ? - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 23, 2018

बुद्धजयन्ती : सागा–धावा कि वैशाख पूर्णिमा ?

‘सागा–धावा’ जेष्ठ शुक्ल प्रतिपदादेखि प्रारम्भसँगै स्वयम्भू महाचैत्य, बौद्धस्तुप र बौद्ध गुम्बा–विहारहरुमा तिब्बतीहरुको भिडभाड देखिएको छ । जेष्ठ महिनाको पूर्णिमाको दिनलाई भगवान बुद्धको जन्म दिन (बुद्ध जयन्ती) को रुपमा तिब्बतीहरुले मान्दै आएका छन् । यो अवसरमा गुम्बका लामाहरुले विशेष पूजापाठ गर्ने गर्दछन् भने गृहस्थीहरुले दानदव्य गर्ने, माने–गुम्बा–विहारहरुमा धुप–बत्ती बाल्दै ढोग र परिक्रमण गर्छन् । साथै उनीहरुले व्रत विशेषको पालना पनि गर्ने गर्दछन् । उनीहरुको विश्वासमा यो पुण्य तीथिमा पूण्यार्जन गर्नु उत्तम तीथि हो ।

तिब्बती धार्मिक पर्व मध्ये एउटा महत्वपूर्ण मानिएको सागा–धावा (जेष्ठ पूर्णिमा) पर्व मान्दछन् । तिब्बतीहरु जेष्ठ महिनालाई उच्चारणमा ‘साका’ पनि भन्दछन् । होर (मंगोल) पात्रो अनुसार चौथो महिना (दावा–स्यिपा) पनि भन्ने गरिन्छ । काश्मीरका बौद्ध पण्डित शाक्यश्री (खाछे पेन्छेन)ले तिब्बतमा पुगि बुद्ध भगवान र बुद्धधर्मको उदयकाललाई तत्कालीन भारतीय ज्योतिषशास्त्र र चीनीयाँ ज्योतिषीय मत समायोजन गरी तेन्ज्युङ चि (धार्मिक ज्योतिष गणना) नामक ग्रन्थ रचेका थिए । त्यस शिलशिलामा कालखण्डको गणना बिन्दु फरक पर्न गई बुद्ध जयन्तीको तीथि करिब ३०० वर्ष पछिल्तिर (पूर्व) सर्न गएको र बुद्ध जयन्तीको महिना पनि वैशाखको सट्टा एक महिना पछि जेष्ठमा तोकिना पुगे । त्यो मत अनुसार बुद्ध जन्मनु भएर अहिले २८०० वर्ष बितिसकेको छ ।

‘कालचत्र तन्त्र’ बौद्धहरुको एक प्रकारको ज्योतिष तन्त्र हो । कालचक्र तन्त्रले वैशाख महिनालाई वर्षारम्भ (नयाँ वर्ष) भनि तोकेको छ । तर बुद्ध जयन्ती बारे भने बताइएको पाइन्न ।

संस्कृतमा उल्लेखित महिनाका नामहरु एक महिना तलमाथि पारेर तालिका खडा गर्नाले पनि महिन नै फरक पर्न जाने गरेका छन् । त्यसलाई संस्कृतको कुन नक्षत्रको नाम तिब्बतीको कुन महिनामा परेको छ भनि हेर्दा नै प्रष्ट हुन्छ । नक्षत्रको आधारमा राखिएका महिनाका नामहरु सबै भारतीय ज्योतिषशास्त्रकै आधारका हुन् । तर महिनाको पहिचान भने फरक पर्न गएको देखिएको छ । त्यसमा एक महिनाको तलामाथि पर्न गएको देखिन्छ । औशी–पूर्णीमाको हिसाबले तीथि भने उही हो ।

तर श्रीलंकाली वा हिनायनी पद्दती अनुसार भने अहिलेको बुद्ध जयन्ती २५६८ औं हो । त्यसैलाई अन्र्तराष्ट्रिय जगतले आधिकारिक र सही तीथिमिति मान्ने गरेका छन् । किनभने श्रीलंकाली भिक्षुक संघले बौद्ध संघको प्राचीन परम्परा अनुसार वर्षेनी वर्षवासको समयमा एक एक गोटी संघको कन्तुरमा थप्ने प्रचलन अहिले पनि रहेको बताईन्छ । त्यति मात्र होइन बुद्ध भन्दा करिब ३०० वर्ष पछिका अशोक सम्राटको प्रमाणीक तथ्याङ्कहरु र अन्य स्रोतहरुका अनुसार पनि वैशाख पूर्णीमाको बुद्धजयन्ती चाहीँ सही ठहराएका छन् । यद्यपी तिब्बती परम्पराले भने उही पहिलेदेखि प्रचलनमा रहेको आफ्नो मान्यता अनुसार नै मान्दै आउने गरेका छन् । त्यसकारण बुद्धजयन्ती फरक फरक महिनामा पर्न गई दुई थरि देखिएका हुन् । प्रश्न उठ्ने गर्छ– कुन चाहीँ सही हो ? जसको उत्तरमा दुबै पक्षले आ–आफ्ना गणना पद्दतीको आधारमा आ–आफ्नै तीथि, महिनालाई विशुद्ध बताउने गर्दछन् ।

वास्तवमा ज्योतिषीय गणना कहिलेदेखि शुरु भयो र ज्योतिषशास्त्रले आफ्नो स्थापितकालदेखि कुन आधारमा वितेका काललाई आफ्नो गणना पद्दतीमा अंकन गरे भन्ने मूल प्रश्न हो । बुद्धकालमै पनि ज्योतिषशास्त्र, वैद्यशास्त्र र वेदवेदाङ्ग विद्यमान रहेको उल्लेख भएको पाइएता पनि ती औषधशास्त्र र ज्योतिषशास्त्रहरु अविकसित अवस्थाका रहेका थिए भन्ने गरिन्छ । सम्वत्हरुको प्रचलन भने पछि आएका हुन् ।

पुरानो युगदेखिनै हिउँद–वर्षको वर्षचक्र, १२ मासचक्र, औंशी–पूर्णीमाका पाक्षिकचक्र, सात ग्रहको साप्ताहिकचक्र र दीनरातको दैनिकचक्र चलिआएका विषयहरु हुन् । तर, त्यसलाई सम्वत्सँग गाँसेर अभिलेखिकरण गर्ने व्यवस्था नरहेको देखिन्छ । त्यसैकारण प्राचीनकालको ऐतिहासिक घटनाक्रमको तीथि, महिना खुट्याउन मुस्किल पर्न गएको वा सही गणना हुन नसकेको मानिन्छ । जे होस् वैशाख महिनाको पूर्णिमालाई नै बुद्धजयन्ती मान्नु सही तीथि मानिएको छ । धार्मिक क्षेत्रका पौराणीक कथाहरुलाई पनि कालखण्डहरुको तालिकामा भराउने गर्दा एउटा अनुमानित समय तालिका मात्र सावित भएका छन् । किनकी अहिलेको वर्ष गणनाको पद्दतीबाट त्यो युगसम्म पुग्न टेक्ने भौतिक प्रमाणीक आधारहरु भेटिन्न । आजको युगलाई त्यो युगसँग जोड्ने सेतुको रुपमा ज्योतिषशास्त्रले काम गर्दैन । विज्ञानले भने मोटामोटी रुपमा सृष्टिकालको विभाजन गर्ने गरेका छन् । तर, तिनले पनि प्राचीनकालको कथावस्तुलाई निश्चित समय तोक्ने गरी भूतकालको समय खुट्याउने तहसम्म पुग्न सकेका छैनन् । ज्योतिषशास्त्रले आफ्नै पाराले काल विभाजन भने गरेको देखिन्छ ।

यता हिनायानीहरुको वैशाख पूर्णिमालाई बुद्ध जयन्ती भनि मान्ने परम्परालाई किन तथ्यमूलक मानिएको छ भने हिनायानीहरुले भगवान बुद्धको महापरिनिर्वाणकाल देखिनै निरन्तर रुपमा वर्षैपिच्छे आजसम्म एक एक गोटी थप्दै राख्ने गर्नाले र ईसापूर्व ३०० वर्ष यताका विभिन्न राजनीति, धार्मिक तथा सामाजिक घटनाहरुलाई जोडेर विज्ञानसम्मत ढंगले मूल्याङ्कन गर्ने गर्दा पनि सत्यतथ्यको नजिक देखिएको शोधकर्ताहरुको दावी रहेको छ । त्यसैकारण हिनायानी (श्रीलंकाली) पद्धतीले अन्र्तराष्ट्रिय मान्यता पाएका हुन् । नेपालको सरकारी स्तरको मान्यता पनि यही वैशाख पूर्णीमालाई दिएको छ । तिब्बती परम्पराको सागा–धावालाई होइन ।

तिब्बती शरनार्थी लामाहरुको सरसंगत र दलाई लामाको मिशनरी प्रचारप्रसारले गर्दा केही नेपाली बौद्ध समुदायहरु पनि सागा–धावालाई बुद्ध जयन्ती भनि मनाउन थालेको देखिन्छ । सही तीथि, मिति र महिनामा बुद्ध जयन्ती मनाउनका लागि भने अरुको परम्परा अनुकरण गर्नु भन्दा वास्तविकता तर्फ ध्यान पुर्याउनु पर्ने हुन्छ ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2GIHipP

No comments:

Post a Comment

Pages