प्रचण्ड र मोदीबीच भेटवार्ता, सगरमाथाको पानीबाट मिनरल वाटर बनाउन छलफल - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 9, 2018

प्रचण्ड र मोदीबीच भेटवार्ता, सगरमाथाको पानीबाट मिनरल वाटर बनाउन छलफल

नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका प्रचण्डले शनिबार दिउँसो मोदीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणका क्रममा भएका सहमति, दुई देशको आपसी हित र विकास निर्माणबारे छलफल भएको थियो ।

नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्नेबारे पनि कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रचण्डले आफू प्रधानमन्त्रीका रुपमा भ्रमणमा आउँदा भएका सहमतिहरु पनि स्मरण गराएका छन् । ‘कास्कीमा पोलिटेक्निकल इस्टिच्युट स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि कुराकानी भएको छ’ प्रेस नोटमा भनिएको छ ।

श्रोत अनलाइन खबर



from Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2wXclMF

No comments:

Post a Comment

Pages