बम विष्फोटको घटनामा थप एक पक्राउ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 18, 2018

बम विष्फोटको घटनामा थप एक पक्राउ

विराटनगर, ४ जेठ – विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ। 

मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनलाई विराटनगर–१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको हो। 

उनलाई जिल्ला अदालत मोरङमा बिहीबार पेश गरिएको बताइएको छ। वैशाख ४ गते राति भएको उक्त विष्फोटको घटनामा यसअघि नै प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरेको छ।



from Suvadin News Feed https://ift.tt/2KBTmfd

No comments:

Post a Comment

Pages