महिला समुह द्वारा तीन सफल अारोहीलाई भव्य स्वागत - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 23, 2018

महिला समुह द्वारा तीन सफल अारोहीलाई भव्य स्वागत

ह्यूमन कन्फिडेनट ( Women’s confidence ) महिलाहरूको आत्मविश्वास अभियान लिएर विश्वाको सर्वोच्च शिखर सगरमाथा सफल अारोही तीन महिलालाई भव्य रुपमा स्वागत गरिएको छ । नेपालको राष्ट्रीय झण्डा, राष्ट्रीय विभूति पासाङल्बामू शेर्पा र माहान नेता मदन भण्डारी को तस्वीर एवं प्रतिष्ठा र पहिलो चोटी खुम्बु पासाङल्हामू गाउ पालिकाको लोगो एवं झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथा को चुचुरोमा पुर्याउने माहान अभियान पूरा गरी खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं ३ कै प्रथम महिला सगरमाथा आरोही बन्न सफल लाक्पा याङजि शेर्पा, खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं १ का प्रथम महिला सगरमाथा आरोहि बन्न सफल पासाङ ल्हामू शेर्पा र सोलु दुधकुण्ड नगरपालिका कै प्रथम महिला सगरमाथा आरोहि बन्न सफल याङडी शेर्पालाई खुम्बु पासाङल्हामू गाउ पालिकाको स्थानिय बासीले भव्य स्वागत गरेको खुम्बुबाट प्रबक्ता ल्हाक्पा छिरी शेर्पाले जनाकारी दिनुभयो ।


अधिकांश आरोहीहरू आरोहण सकिए पछि आधार सिविर बाटै हेलिकप्टर मार्फत सोझै राजधानि प्रस्थान गर्ने परम्परालाई तोड्दै पैदल मार्फत फर्केका उनिहरूलाई गाउ पालिकाका सानो गुमेला , ठुलो गुमेला, राङदिङ, टोक टोक र ङमातेङ लगायतका गाउेहरूले शेर्पा परम्परा अनुरूप भव्य स्वागत गरेका हुन् । तीन  सफल अारोहीलाई स्थानीयले शेर्पा संस्कृति झल्कने नृत्य स्याब्रु समेत प्रस्तुत गरेको थियो । अारोही शेर्पाहरू भोलि लुक्ला पुग्ने कार्यक्रम रहेको अारोही पासाङ ल्हमु शेर्पाले बताउनु भयो ।



from Sherpa media Group Nepal https://ift.tt/2x3wHGu

No comments:

Post a Comment

Pages