रुपेश अधिकारी, युएई, ३ वैशाख – पाँच वर्षदेखि युएईमा ब्लडमनीको मुद्दा खेपिरहेका शनिअर्जुन नगरपालिका झापाका लोकेश खतिवडाको मुद्दा टुङ्गिएपछि बिहीबार नेपाल फर्किएका छन्।
एक महिनाअघि नै घर फर्कने तयारीमा रहेका खतिवडा अध्यागमन विभागमा पुरा गर्नुपर्ने कानूनी प्रक्रिया पुरा नभएका कारण रोकिएका हुन्। उनको अध्यागमनको प्रक्रिया पुरा गर्न कार्यवहाक राजदूत सागरप्रसाद फुँयाल र पिआरओ रजी अहम्मद आफैँले पहल गरेका थिए।
दूताबासको निरन्तरको कुटनीतिक पहलपछि उनी नेपाल फर्कने सबै प्रक्रिया मंगलबार पुरा भएको थियो। अवुधावी मुसाफास्थित एक ट्रान्सपोर्ट कम्पनीमा सवारी चालकका रुपमा कार्यरत खतिवडा आफैँले चलाएको सवारी दुर्घटनामा परेका थिए।
उक्त दुर्घटनामा घाइते भएका एक भारतीय नागरिकको उपचारका क्रममा ज्यान गएपछि मृतकका परिवारले युएई अदालतमा लोकेश र बिमा कम्पनी विरुद्ध मुद्दा हालेका थिए। सोही अभियोगमा अबुधाबी अदालते लोकेश र बिमा कम्पनीले ब्लडमनी तिर्नपर्ने फैसला सुनाएको थियो।
यहाँको अदातलले २०१७ मा गरेको फैसला अनुसारको ब्लडमनी अन्तरगत ३ लाख २० हजार २ सय दिराम (१ करोड नेपाली रुपैयाँ) बिमा कम्पनीले गत मार्च २५ मा तिरेपछि उनको मुद्दा टुङ्गिएको दूताबासका सुचना अधिकारी कृष्ण अर्यालले जानकारी दिए।
सबैप्रति अाभारी छाैंः परिवार
एयरपोर्टबाट बिदाई हुँदै गर्दा लोकेशले आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।सबैको सहयोगका कारण आफूले न्याय पाएको र यसमा राजदूताबास, यहाँका सामाजिक संघसंस्था तथा सबै नेपालीप्रति आफू अनुग्रहित रहेको बताएका छन्।
शारीरिक रुपमा अशक्त रहेका लोकेश, घर फर्कने खबर पाएपछि यहाँका केही सामाजिक संस्थाले आर्थिक सहयोग समेत गरेका छन्। उनलाई झापाली समाज, ताप्लेजुङ समाज र प्रवासी एकता समाज नाङखोल्याङ तथा केही सहायता व्यक्तिगत रूपमा मिलेको हाे।
यसैबीच, लाेकेशकी श्रीमती ममताले लाेकेश अाउने कुराले खुशी भएकाे बताएकी छिन्। उनले भनिन्, '५ वर्षदेखि उहाँलाई पर्खिएकाे थिएँ। अब हाम्रो भेट हुने भयाे।'
लाेकेशलाई लिन काठमाडाैंसम्म अाफैँ अाउन उनले बिहीबारै टिकट गरेकी छिन्। लाेकेशकाे थप उपचार गराउनका लागि पनि अाफू काठमाडाैं जाने ममताले शुभदिनलाई बताइन्। उनले लाेकेशलाई नेपाल फर्काउन सहयाेग गर्ने सबैप्रति अाभार व्यक्त गरेकी छिन्।
from Suvadin News Feed https://ift.tt/2rQAwKa
No comments:
Post a Comment