COVID-19 बारे डोनल्ड ट्रम्पको अनुचित सल्लाह, डक्टरले उनकै अगाडी खारेज गरिदिए । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, April 24, 2020

COVID-19 बारे डोनल्ड ट्रम्पको अनुचित सल्लाह, डक्टरले उनकै अगाडी खारेज गरिदिए ।


अमेरिकामा कोरोनाभाइरसको कहरबीच राष्ट्रपति डोनल्ड ट्रम्पको नयाँ सल्लाहका लागि डाक्टरले कडा आपत्ति जनाएका छन् ।

डोनल्ड ट्रम्पले डिस्इन्फेक्टेन्टलाई शरीरमा इन्जेक्ट गर्दा कोरोनाभाइरसको उपचार हुनसक्ने भन्दै यसमाथि अनुसन्धान हुनुपर्ने आफ्नो धारणा व्यक्त गरेका छन् ।

उनले सो कुरा ह्वाइट हाउसमा दैनिक रुपमा आयोजना हुने कोरोनाभाइरस सम्बन्धित पत्रकार सम्मेलनमा बताएका हुन् ।

बिहिबारको पत्रकार सम्मेलनमा उनी यतिमा मात्रै रोकिएनन् । उनले अल्ट्राभोयलेट लाइटमार्फत् बिरामीको शरीरलाई इराडिएट (त्यस्तो चिकित्सा पद्धति जसमा विकिरणको प्रयोग गरिन्छ) गर्न सकिने बारे पनि प्रस्ताव गरे ।

यद्यपि, डाक्टरले त्यहि पत्रकार सम्मेलनमा उनका यी कुरा खारेज गरिदिए ।

ट्रम्पको ब्रिफिङ अघि ह्वाइट हाउसका एक अधिकारीले पनि ‘सूर्यको किरण र डिस्इन्फेक्टेन्टले संक्रमण समाप्त हुने कुरा सबैलाई थाहा भएको’ समेत भन्न भ्याए ।

राष्ट्रपति ट्रम्पको आफ्नो पब्लिक हेल्थ एजेन्सीले ब्लिचलाई औषधीको रुपमा प्रयोग नगर्न पहिले नै चेतावनी दिइसकेको छ  ।

ट्रम्पले के भने ?

बिहिबार ह्वाइट हाउसको पत्रकार सम्मेलनको क्रममा एक अधिकारीले अमेरिकी सरकारको अनुसन्धानको नतिजा पेश गर्दै भने, ‘सूर्यको किरण र गर्मीमा कोरोनाभाइरस अपेक्षा गरिएभन्दा तीब्र रुपमा कमजोर हुन्छ ।’

उक्त अध्ययनमा –याल र श्वास तन्त्रमा उपस्थित कोरोनाभाइरसलाई ब्लिचले पाँच मिनेट भित्र नष्ट गरिदिने पनि दाबी गरिएको छ । साथै, आइसोप्रोपिल अल्कोहलले यो भाइरसलाई थप तीब्र रुपमा समाप्त गर्नसक्ने दाबी गरिएको छ ।

आइसोप्रोपिल अल्कोहल डिसइन्फेक्टेन्ट्स, डिटर्जेन्ट र एन्टिसेप्टिक्जस्ता केमिकलमा प्रयोग हुन्छ ।

पत्रकार सम्मेलनमा यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटिज साइन्स एण्ड टेक्नोलोजी डायरेक्टोरेटका एक्टिङ हेड विलियम ब्रायनले यो अनुसन्धानको नतिजालाई पेश गरे ।

ट्रम्पले यसबारे थप अनुसन्धान हुनसक्ने बताएका छन् ।

उक्त पत्रकार सम्मेलनमा ट्रम्पले योसमेत भने कि यदि डिस्इन्फेक्टेन्टलाई शरीरमा इजेक्ट गर्ने हो भने कोरोनाभाइरस एक मिनेटभित्र नष्ट हुनसक्छ । उनले यसबारे अनुसन्धान गर्नु निकै रोचक हुने पनि बताए । यद्यपि, ट्रम्पले आफू डाक्टर नभएको पनि स्विकार गरे ।

कस्तो छ प्रतिक्रिया ?

डाक्टरले ट्रम्पको यस्तो सल्लाहले विनाशकारी नतिजा निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

पल्मोनोलोजिस्ट डाक्टर विन गुप्ताले एनबीसी न्यूजलाई भने, ‘कुनै पनि प्रकारको क्लिन्जिङ प्रोडक्टलाई शरीरमा इन्जेक्ट गर्ने धारणा गैर जिम्मेवारीपूर्ण र खतरनाक हो । जब मानिसहरुले आफ्नालाई मार्न चाहन्छन् तब उनीहरुले यस्तो तरिका अपनाउँछन् ।’

वेस्ट भर्जिनियाको चार्लेस्टनमा डाक्टर कासिफ महमूदले ट्वीट गरे, ‘एक डाक्टरको रुपमा म कसैको पनि फोक्सोमा डिस्इन्फेक्टेन्ट इन्जेक्ट गर्न सल्लाह दिन सक्दिनँ । म कोभिड–१९ को उपचारका लागि अल्ट्राभोएलेट रेडिएशनको प्रयोगको सल्लाह पनि दिन सक्दिनँ ।’

उनले थपे, ‘ट्रम्पसँग कुनै प्रकारको डाक्टरी सल्लाह नलिनुहोस् ।’

जुकरबर्ग सान फ्रान्सिस्को जनरल हस्पिटलका पल्मोनोलोजिस्ट जोन बाम्सले सास फेर्न क्रममा ब्लिचको धुँवा यदि शरीरभित्र प्रवेश गर्छ भने यो स्वास्थ्यका लागि घातक हुने चेतावनी दिएका छन् ।

उनले ब्लूमबर्ग न्यूजलाई भने, ‘यदि सास फेर्ने क्रममा तपाईं क्लोरिन ब्लिच लिनुहुन्छ भने यो तपाईंको फोक्सको लागि निकै खतरनाक साबित हुन्छ । सास फेर्ने नली र फोक्सोले यस्ता डिस्इन्फेक्टेन्टको गन्धसमेत सहन सक्दैनँ । ब्लिचको हल्का मात्रा वा आइसोप्रोपिल अल्कोहल शरीरका लागि खासै सुरक्षित छैन । यो बेकारको कुरा हो ।’

अमेरिकामा हालसम्म कोरोनाभाइरसका कारण ५० हजार बढीको मृत्यु भइसकेको छ र करिब ९ लाख संक्रमित छन् । सबैभन्दा धेरै न्यूयोर्क प्रान्त प्रभावित भएको छ, जहाँ २० हजार बढीको मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी हिन्दी, सीएनएन

The post COVID-19 बारे डोनल्ड ट्रम्पको अनुचित सल्लाह, डक्टरले उनकै अगाडी खारेज गरिदिए । appeared first on .



from https://ift.tt/2SjIWar

No comments:

Post a Comment

Pages