यस बर्षको २५६४ औं बुद्ध जयन्ती कार्यक्रम स्थागित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, April 27, 2020

यस बर्षको २५६४ औं बुद्ध जयन्ती कार्यक्रम स्थागित

काठमाडौँ – शेर्पा सेवा केन्द्रले मनाउने तयरीमा रहेको २५६४ औं बुद्ध जयन्ती स्थागित भएको छ  ।
अघिल्लो बर्षहरुमा झैं यस बर्ष पनि यही २०७७ साल बैशाख २५ गतेका दिन भव्य रुपमा मनाउने तयरीमा रहेको २५६४ औं बुद्ध जयन्ती विश्वव्यापी महामारी कोरोना भाईरसका कारण बुद्ध जयन्ती कार्यक्रम स्थागित गरिएको बुद्ध जयन्ती मुल आयोजक समितिका महासचिव आङ पेम्बा शेर्पाले जानकारी दिनुभयो ।

उहाँक अनुसार सरकारले नेपालमा लकडाउन बैशाख २५ गते सम्म थप गरिएको र यस बर्षको बुद्ध जयन्ती बैशाख २५ गते पर्ने भएकाले कार्यक्रमा स्थागित गरिएको महासचिव शेर्पाले योहोखबरलाई बताउनु भयो ।

शेर्पा सेवा केन्द्रले बुद्ध जयन्तीलाई भब्य रुपमा मनाउन आङ दामी शेर्पाको संयोजकत्वमा मूल आयोजक समिति र शेर्पा सेवा केन्द्रका सदस्य पासाङ शेर्पाकोे संयोजकत्वमा बिभिन्न समितिहरू गठन गरिएको थियो ।

अघिल्लो बर्षहरुमा बुद्ध जयन्ती मूल आयोजक समितिले पहिलो चरण र दोस्रो गरि औपचारिक रुपमा लामा गुरूबाट पुजा पाठ र बुद्ध दर्शनका बारेमा प्रवचन प्रस्तुत तथा शान्ति पदयात्रा गरि कार्यक्रम गरिने बुद्ध जयन्ती मुल आयोजक समितिका महासचिव आङ पेम्बा शेर्पाले बताउनु भयो । सो बुद्ध जयन्ती कार्यक्रममा शेर्पा समुदायमा आबद्ध विभिन्न संस्थाहरूको समेत सहभगिता रहने गर्दछ ।



from Sherpa media Group Nepal https://ift.tt/2SaUEDQ

No comments:

Post a Comment

Pages