हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले गुथुक साँझ आयोजना गर्दै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, February 8, 2020

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले गुथुक साँझ आयोजना गर्दै

काठमाडौँ – हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले नेपालको सम्पुर्ण महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड “च्याक फो च्यिवा लो” २१४७ औं ग्याल्पो लोसारको अवसरमा “लोसार गुथुक साँझ” आयोजना गर्ने भएको छ ।

शेर्पा भाषाको संरक्षण गर्ने उद्देश्यले २०४९ सालमा स्थापना भएको यस हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले स्थापना कालदेखि शेर्पाहरूको भाषा, कला, सांस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म परिचित गराउने कार्यहरू गर्दै आइरहेको छ ।

यस बर्ष पनि “बलयुल गी युलकोर टोछाम यरग्ये तोङगु तङ युलकोर टोछाम गी तकोर लो २०२० (ङितोङ ङिश्यु) थोग्ल श्यर्पी चिछोग की लेगेन” अर्थता नेपालको पर्यटन विकास तथा पर्यटकीय भ्रमण वर्ष २०२०मा शेर्पा समुदायको भूमिका शिर्षकमा साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता तथा विविध सांस्कृतिक प्रस्तुतीका साथमा वरिष्ठ हास्यव्यंग्य कलाकार साम्दे शेर्पा राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको महासचिब सेर्कु शेर्पाले जानकारी दिनुभयो । उक्त कार्यक्रम चुच्चेपाटी स्थित ह्यात चौरमा यही फागुन १० र ११ गते हुने कार्यक्रम संयोजक आङ डोमा शेर्पाले जानकारी दिनु भयो ।

सबै जिल्लाका शेर्पाहरू बीचमा आपसी मैत्रीभाव कायम गर्ने र शेर्पा कला संस्कृतिको विविधतालाई एउटै थलोमा ल्याई प्रस्तुत गराउन यी कार्यक्रमहरु गर्न लागेको संयोजक शेपाले जानकारी गराउनु भयो ।

स्थापनाको २७ औ बर्षमा प्रवेश हुँदै गर्दा भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू रक्षाको सवालमा कार्य गर्दै आइरहेको र बिशेषत शेर्पा युवापुस्ताबाट टाढिदै गईरहेको सस्कार सँस्कृतिलाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यले संस्थालाई अगाडि बढाई रहेको संस्थाका अध्यक्ष छिरिङ शेर्पाले बताउनु भयो ।

उहाँले विश्वका जुनसुकै देशमा रहेता पनि हाम्रो भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू जोगाए मात्रै हाम्रो अस्तित्व र पहिचान जोगिने र त्यसपछि मात्र हामी आफैमा शेर्पा हुनुको सार्थकता पनि झल्किन्छ, हामी आफैमा नेपाली शेर्पा हुनुमा गर्व गर्छौ ।

विश्वका जुनसुकै देशमा रहेता पनि हाम्रो एकताको प्रतिविम्ब हाम्रो भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू जोगाए मात्रै हाम्रो अस्तित्व र पहिचान जोगिने र त्यसपछि मात्र हामी आफैमा शेर्पा हुनुको सार्थकता पनि झल्किन्ने र हामी आफैमा नेपाली शेर्पा हुनुमा गर्व गर्न सकिने संस्थाका अध्यक्ष छिरिङ शेर्पाले बताउनु भयो ।

ग्याल्पो लोसार कार्यक्रम :

– २०७६ साल फागुन १० गते लोसार गुथुक साँझ तथा साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिताको साथमा बृहत साँस्कृतिक कार्यक्रम ।

– २०७६ फागुन ११ गते साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार तथा प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण, साथै बृहत साँस्कृतिक कार्यक्रम तथा डिजे सेसन नेपालको पहिलो डिजे स् तेन्जिङ शेर्पाको साथमा प्रत्येक दिन ।



from Sherpa media Group Nepal https://ift.tt/2Ha9PHL

No comments:

Post a Comment

Pages