शेर्पा संघ इजरायलको फेब्रुवरी २८ मा लोसार साँझ कार्यक्रम गर्दै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, February 5, 2020

शेर्पा संघ इजरायलको फेब्रुवरी २८ मा लोसार साँझ कार्यक्रम गर्दै

काठमाडौँ – संसारका सम्पूर्ण शेर्पाहरु एक हौ कला भाषा संस्कृतिको संरक्षण तथा सम्बर्धन गरौ भन्ने मूल उदेश्यका साथ शेर्पा संघ इजरायलले सदाको बर्ष झै यसबर्षपनि लोसार कार्यक्रम आयोजना गर्ने भएको छ ।
सम्पुर्ण महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड “च्याक् फो च्यिवा लो” २१४७ औं ग्याल्पो लोसारको अवसरमा शेर्पा संघ इजरायलको आयोजनामा नेपालबाट आमन्त्रित कलाकारहरु दावा के शेर्पा र कुसाङ शेर्पाको साथमा ग्याल्पो लोसार साँझ भब्यरुपमा आयोजना गर्नेत यारी भैरहेको शेर्पा संघ इजरायलका अध्यक्ष लाक्पा शेर्पाले बताउनु भयो ।


कार्यक्रम यहि आउदो फेव्रुवरी २८ तारीख शुक्रबार साँझ ७ बजेबाट यादखारुचिम १५ मा भव्य रुपमा सम्पन्न हुन गईरहेको हुँदा इजरायलवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीहरुलाइ नेपाल शेर्पा संघ इजरायलले उपस्थितीको लागी हार्दिक अनुरोध समेत गरेकोछ ।
आयोजक संस्थाले उक्त कार्यक्रम भब्यताका साथ सफल बनाउन इजरायलवासी सम्पुर्ण शेर्पा दाजुभाई – दिदि बहिनी तथा सम्पुर्ण इजरायलमा कार्यरत नेपालीहरुमा सम्पूर्ण उपस्थितीको लागी हार्दिक आमन्त्रण समेत गरेको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2vJuzDB

No comments:

Post a Comment

Pages