पतालेदेखि पिकेसम्म : एक रोमाञ्चक पदयात्रा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 4, 2020

पतालेदेखि पिकेसम्म : एक रोमाञ्चक पदयात्रा

काठमाडौं । ‘पिके’ ! नझुक्निुहोस्, यो प्रसंग आमिर खान स्टारर फिल्म ‘पिके’को होइन । न कुनै पियक्कडकै कथा हो । कुरा पिके डाँडाको हो, जो पदयात्राका लागि अच्छा गन्तव्य हुनसक्छ ।

पिके डाँडामा पदयात्रा गर्न सोलुखुम्बु टेक्नुपर्छ । सोलुखुम्बु आफैंमा सगरमाथाको जिल्ला । सगरमाथालाई नाङ्गो आँखाले हेर्न चाहनेहरुले पिके डाँडाकै पदमार्ग समात्न सक्छन् । यसका लागि ढापदेखि पिकेसम्म हिँड्नुपर्छ । यो पदयात्राका लागि तपाईंले पाँच दिनको समय छुट्याउनुपर्छ । ४ हजार ६५ मिटर उचाईमा छ, पिके डाँडा । पिके डाँडा पुगेपछि तपाईंको आँखा सामुन्ने देखापर्छ, सर्वोच्च शिखर सगरमाथा ।

यही डाँडामा उभिएर तपाईंले चारतर्फ नजर दौडाउनुभयो भने रहरलाग्दो हिमाली शृंखला देख्न सक्नुहुनेछ । पू्र्वको कन्चनजञ्घादेखि पश्चिमको धौलागिरिसम्म । आठहजार अग्ला हिमाल कञ्चनजंघा, मकालु, लोत्से, सगरमाथा, धौलागिरि लगाएत २ सय डिग्रीमा आँखा अगाडि हिमालहरु हेर्न सकिन्छ । अर्को रमाइलो दृश्य पनि यहाँबाट देख्न सकिन्छ, काठमाडौंदेखि लुक्लाका लागि उडेको हवाइजहाजको । यसका लागि तपाईंले आकाशतर्फ होइन, आफू उभिएको धरातलभन्दा तलतिर हेर्नुपर्ने हुन्छ ।

विदेशी पर्यटक पिके डाँडाबाट पातलेसम्म यात्रा गर्छन् । अहिले स्वदेशी पर्यटक पनि यो लस्करमा देखिन्छन् । अहिले स्थानीयवासीको अगुवाईमा भ्रमण वर्ष २०२० को प्रचार-प्रसार तथा तल्लो सोलुको पर्यटन प्रवर्द्धन गरिँदैछ । त्यही मेलोमेसोमा हामीले ढापदेखि पिकेसम्म पदयात्रा गरेका थियौं । यसलाई हामीले पिके पिक ट्रेकिङ प्रवर्द्धन अभियान भनेका छौं । पिके सोलुखुम्बु टाप्टिङ सेवा समाजले यसको साइत जुराएको थियो ।

अहिले चिसो मौसम भएकाले सामान्यतय पिके डाडाँमा हिउँ हुने गर्दछन् । त्यसैले पिकेको यात्रा थाल्नुअघि न्यानो लुगाको जोहो गर्नुहोला । सल्लेरीदेखि पिके डाँडासम्मको पदमार्ग व्यवस्थित गर्न जरुरी छ ।
-onlinekhabar

The post पतालेदेखि पिकेसम्म : एक रोमाञ्चक पदयात्रा appeared first on .



from https://ift.tt/2T42T6j

No comments:

Post a Comment

Pages