शेर्पा संघ,जापानले ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 24, 2020

शेर्पा संघ,जापानले ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने

शेर्पा संघ,जापानले यस बर्षको ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ । बिगतका बर्षहरुमा झै यस बर्ष पनि शेर्पा संघ जापानले नेपालका हिमाली सामुदयको मुख्य पर्ब ल्होसारलाई भब्य रुपमा मनाउने तयारी गरेको हो । बौद्ध धर्मावलम्बीको नयाँ बर्ष २१४७ च्याक फो चिवा लो ग्याल्बो ल्होसारलाई अविश्मरणीय र मनोरञ्जनपुर्ण बनाउन शेर्पा संघ तिब्र तयारीमा जुटेको छ मार्च ८ तारिखका दिन तय गरिएको ल्होसार बिशेष सस्कृतिक कार्यक्रममा शेर्पा परिकार् र शेर्पा सस्कृतिको अवलोकन गर्न सकिने आयोजक संस्था शेर्पा संघ जापानले जानकारी गराएको छ ।

कार्यक्रममा जापानमा रहेका नेपाली कलाकारहरुले बिभिन्न नेपाली संस्कृति झल्कने नृत्य तथा गित संगीतहरु प्रस्तुत गर्नेछन भने शेर्पा संस्कृतीसंग सम्बन्धित दर्जनौ प्रस्तुतिहरु पनि रहनेछन साथै कार्यक्रमको अन्तमा डीजे सेसनले कार्यक्रमलाई थप सांगीतिक माहौल प्रदान गर्नेछन । कार्यक्रम टोकियोस्थित हामामाचु स्टेशन नजिकै रहेको मन्दिर रेष्टुरेष्टमा मार्च ८ तरिकमा हुनेछ । बिहान ११ बजे देखि साँझ ६ बजेसम्म हुने कार्यक्रममा सहभागी हुने सबै जापानबासी शेर्पाहरुलाई आफ्नै भेषभुषामा उपस्थित भईदिन शेर्पा संघले बिनम्र अपिल गरेको छ ।

कार्यक्रममा जापानस्थित नेपाली दूताबास , एनआरएन , बिभिन्न नेपाली संघ संस्थाका पदाधीकारी , शेर्पा तथा गैरशेर्पा सबै जापानबासी नेपालीहरुलाई निमत्रण गरिने जानकारी शेर्पा संघ जापानले जानकारी दिएको छ ।

The post शेर्पा संघ,जापानले ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने appeared first on .



from https://ift.tt/2tMeigG

No comments:

Post a Comment

Pages