कोरियामा छुट्टा छुट्टै घटनामा एकैदिन २ नेपालीको मृत्यु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 13, 2020

कोरियामा छुट्टा छुट्टै घटनामा एकैदिन २ नेपालीको मृत्यु

दक्षिण कोरियामा रोजगारीको लागि आएका दुइ जना नेपाली युवाको आइतबार छुट्टा छुट्टै घटनामा ज्यान गएको छ । कोरियाको छल्लाबुक्दो स्थित एक बंगुर फार्ममा कार्यरत पाँचथरका बिबेक राइले झुन्डिएर आत्महत्या गरेका हुन् l संगै कार्यरत साथीसंग शनिवार साँझ खाना खाएर सुतेका राइ अर्को दीन आफु कार्यरत फर्म भित्रै भर्याङ्गमा डोरीको पासो लगाई झुण्डीएको अबस्थामा मृत फेला परेका थिए । राइलाइ बिहान कम्पनीमा नभेटिपछी संगैकार्यरत साथिले खोज्ने क्रममा उनि मृत भेटिएको बताइएको छ l

करिब २ बर्ष ६ महिना पहिला कोरिया आएका राइ अबिबाहित हुन् l उनले आफु बेला बेलामा मानसिक तनाबमा रहेको पनि बताउदै आएको उनका साथीले बताए l
उनले मृत्युको घटना वारे दुतावासमा जानकारी आएको भएता पनि के कति कारणले आत्महत्या गरे सो वारेमा प्रहरीले थप अनुशन्धान गरिरहेको कोरिया स्थित नेपाली दुतावासले जनाएको छ l

औधोगिक दुर्घटनामा एक नेपालीले ज्यान गुमाए: त्यसैगरी आइतबार नै अर्का एक नेपाली युवाको कमपनीमा कामगर्ने शिलशिलामा दुर्घटनामा परि मृत्यु भएको छ l रोजगारीको लागि कोरिया आएका तनहुका नर बहादुर रानाको कम्पनीमा ग्रहौ समान उचाल्न प्रयोग हुने छिकेछा मर्मत गर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएको संगै कार्यरत नेपालीले बताए l संगै कार्यरत साथीहरुका अनुसार कोरियाको छुङ्छंङबुक्दो छेन्छु स्थित एक कम्पनीमा कार्यरत राना छिकेछामा हाइड्रोलिक तेलको पाइप कस्ने क्रममा पाइप फ़ुत्किएपछि माथि उचालिएको ग्रहौ समान सहित उनी किचिएका थिए l धेरै बेर सम्म पनि साथीहरुले नदेखेपछि खोज्दा उनलाई फलामको गह्रौ बक्सले च्यापिरहेको अबस्थामा फेला पारेका थिए l

उनको घटनास्थलमै ज्यान गएको बताइएको छ l हाल उनको कम्पनीमा ७ जना नेपाली कार्यरत छन् l अबिबाहित मृतक राना ४ बर्ष ४ महिना पहिला कोरिया आएका थिए l दुवै घटना घटनावारे सियोल स्थित नेपाली दुतावासमा जानकारी आएको बताउदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले मृतकको शव नेपाल पठाउन आबस्यक कानुनि प्रक्रिया अगाडी बढाईएको जानकारी गराउनु भयो l

The post कोरियामा छुट्टा छुट्टै घटनामा एकैदिन २ नेपालीको मृत्यु appeared first on .



from https://ift.tt/2Np9C78

No comments:

Post a Comment

Pages