शेर्पा सोसाईटी पोर्तुगलको अधिवेशन २४ डिसेम्बरमा हुने । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 3, 2019

शेर्पा सोसाईटी पोर्तुगलको अधिवेशन २४ डिसेम्बरमा हुने ।

लिस्बन/०३ डिसेम्बर – शेर्पा सोसाईटी पोर्तुगलको अधिवेशन आगामी डिसेम्बर २४ का दिन पोर्तुगलको लिस्बनमा हुने भएको छ । गत २५ नोभेम्बरमा बसेको शेर्पा सोसाईटी पोर्तुगलको बैठकले संस्थाको पाँचौ अविधेशनका सम्पन्न गर्नका लागि डिसेम्बर २४ तारीखको मिति तय गर्दै विभिन्न उपसमितिहरु समेत गठन गरेका छन ।
वर्तमान अध्यक्ष ओङगेल लामा शेर्पाको सयोजकत्वमा पाँचौ अधिवेशन मूल आयोजक समिति गठन गरेका छन भने सोही अन्तरर्गत सल्लाहकार पेम्बा शेर्पाको संयोजकत्वमा निर्वाचन उपसमिति, कोषाध्यक्ष पेमा शेर्पाको संयोजकत्वमा आर्थिक उपसमिति र महासचिव ल्हाक्पा छोटी शेर्पाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेका छन । निर्वाचन उपसमितिमा सल्लाहकार त्रय धना शेर्पा, राजेन्द्र शेर्पा र पेम्बा गेलु शेर्पा सदस्य रहेका छन, त्यसै गरी आर्थिक उपसमिति र व्यवस्थापन उपसमितिमा क्रमशः कार्यसमितिका सदस्यहरु छिरिङ शेर्पा र ङिमा शेर्पा तथा पासाङ शेर्पा र गेलु लामा शेर्पा सदस्य रहेका छन ।
२०१७ को डिसेम्बरमा सम्पन्न चौथो अधिवेशनबाट निर्वाचित ओङगेल लामा शेर्पा नेतृत्वको कार्यसमितिले यही २०१९ को डिसेम्बरमा आफ्नो २ बर्षे कार्यकाल सम्पन्न गर्दैछ ।

The post शेर्पा सोसाईटी पोर्तुगलको अधिवेशन २४ डिसेम्बरमा हुने । appeared first on .



from https://ift.tt/33N97Jp

No comments:

Post a Comment

Pages