मौसमी कामदारको रुपमा कोरिया आएका १७ नेपाली भागे - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 8, 2019

मौसमी कामदारको रुपमा कोरिया आएका १७ नेपाली भागे

दक्षिण कोरियाको पोछन नगरपालिकाका लागि नेपालबाट आएका १७ जना मौसमी कामदारहरु कार्य स्थलबाट भागेका छन् । साथै फिलिपिनी १ जना पनि भागेको जनाएको छ । नेपालको पन्चपुरी नगरपालिकामार्फत गत जुन र जुलाईमा तरकारी फार्ममा काम गर्न आएका नेपालीहरु फर्कन करिब १ हप्ता मात्र बाँकी रहेको बेला यसरी भागेको कोरियन संचार माध्यमहरुले जनाएका छन् ।

नेपालको पन्चपुरी नगरपालिका र कोरियाको पोछन नगरपालिका बीच यहाँको कृषि कार्यमा सहयोग गर्ने समझदारी अनुरुप ९० दिनका लागि सि-९ भिसामा ४१ जना नेपाली मौसमी कामदारको रुपमा कोरिया आएका थिए । अहिले तिनीहरु सबै अक्टोबर १४ देखि हराउन थालेको जनाएको छ ।

यसरी मौसमी कामदारको रुपमा आएकाहरुलाई उनीहरुको सहु सहित गत जुलाई १२ मा यहाँको काम, गैरकानुनी बसोबास र स्वदेश फिर्ती तथा मानवाधिकारको बारेमा संयुक्त तालिम समेत दिएका थिए ।

पोछन नगरपालिकाको एक अधिकारीका अनुसार ११ स्थानमा २४ कामदारहरु काम गरिरहेको र नगरपालिकाबाट दिन दिनै फोन गरेर उनीहरुको बारेमा जानकारी लिइरहेको जनाएको छ । उक्त अधिकारीले उनिहरुको फर्कने दिन नजिकिदै गरेको बेला यसरी कामदारहरु हराउँदा यसबाट धेरै समस्याहरू आउन सक्ने चिन्ता गरेका छन् । यसको जानकारी सम्बन्धित निकायमा समेत गरिसकेको जनाएको छ ।

मौसमी कामदारकै लागी भनेर नेपालबाट आएका ५ जना गत अगस्टमा इन्छन एअरपोर्टबाट फर्किनु परेको थियो । उनीहरु कोरिया आइपुग्नु भन्दा अगाडि नै भिसा रद्द भैसकेकोले एअरपोर्टबाटै यसरी फर्किनु परेको हो ।

कोरियामा विशेष गरि कृषि क्षेत्रमा कामदार परिपुर्ति गर्नकालागी २०१५ बाट विभिन्न देशबाट मौसमी कामदारको रुपमा ९० दिनका लागी कामदार ल्याउन सुरु गरेको हो । यसरी आउने कामदारहरु ९० दिन भन्दा बढी बस्न पाउँदैनन् । यहँको कुनै एउटा नगर र अर्को देशको कुनै एउटा नगर बीच सम्झौता गरेर यस्तो कामदार ल्याउने गरिएको छ ।

-Source:fonij Korea

The post मौसमी कामदारको रुपमा कोरिया आएका १७ नेपाली भागे appeared first on .



from https://ift.tt/2ooim3Z

No comments:

Post a Comment

Pages