बिग बोसमा यी सात सेलिब्रेटीको इन्ट्री (तस्विरसहित) - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 17, 2019

बिग बोसमा यी सात सेलिब्रेटीको इन्ट्री (तस्विरसहित)

एजेन्सी । बलिउड अभिनेता सलमान खानको शो बिग बोसको १३ संस्करण छिट्टै सुरु हुने भएको छ ।

यस शोको नयाँ प्रोमो सार्वजनिक भइरहेको छ । जसलाई आम दर्शकले रुचाएका छन् । प्रोमोमा विभिन्न कमेन्टहरु आइरहेका छन् ।

अघिल्ला संस्करणमा देखिएका कमी कमजोरी यस संस्करणमा नदोहोर्याउन दर्शकले माग गरेका छन् ।

यसैबीच बिग बोसमा सहभागी हुन सक्ने भन्दै विभिन्न प्रतिस्पर्धीको नाम भारतीय सञ्चारमाध्यमले सार्वजनिक गर्दै आइरहेको छ । तर बिग बोसमा ककसले सहभागिता जनाउँदैछ भन्ने आधिकारिक जानकारी आइसकेको छैन ।

यसैबीच, पिंकभिलाले हालै एक ताजा रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्टअनुसार, विग बोसमा यसपटक टिभी र बलिउडका चर्चित सेलिब्रेटी सहभागि हुँदैछन् ।

रिपोर्ट अनुसार, विग बोसको १३ संस्करणमा सहभागि हुने सेलिब्रटीमा आदित्य नारायण, चंकी पाण्डे, महिका शर्मा, मुग्धा गोडसे, देवोलिना भट्टाचार्य, राजपाल यादव, रिचा भद्रा रहेका छन् ।

यी सात कलाकारसँगै मेघना मलिक, पवित्रा पुनिया, रश्मी देसाई, दयानन्द शेट्टी, सिद्धार्थ शुक्ला र आरती सुंहको पनि सहभागिता रहन सक्के चर्चा छ ।

The post बिग बोसमा यी सात सेलिब्रेटीको इन्ट्री (तस्विरसहित) appeared first on .



from https://ift.tt/2UYvlp0

No comments:

Post a Comment

Pages