संविधान दिवसको मानपदवी सत्ता निकटलाई, आफूले आफैंलाई सिफारिस गरेर विभूषित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 21, 2019

संविधान दिवसको मानपदवी सत्ता निकटलाई, आफूले आफैंलाई सिफारिस गरेर विभूषित

४ असोज, काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर वितरण गर्ने मानपदवी तथा विभूषणबाट शक्ति र सत्ता वरिपरि हुनेमात्रै विभूषित हुने गरेको देखिएको छ । एक व्यक्तिले त आफूले आफैंलाई सिफारिस गरेर पनि पदक पाएका छन् ।

यो समाचार आजको नागरिक दैनिकले लेखेको हो । समाचारमा लेखिएको छ, ‘विभुषण समितिमा रहेका अवकाशप्राप्त उपरथि विनोदकुमार श्रेष्ठले आफूले आफैंलाई प्रस्ताव गरेर विभूषित भएका छन् ।’
मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार संविधान दिवसको अवसर पारेर बिभिन्न मानपदवी र अलंकार घोषणा गरिएको छ । यस्ता मानपदवी, अलंकार तथा विभूषण राष्ट्रपतिले दिने प्रचलन छ । शुक्रबार घोषणा गरिएका मानपदवी प्रधानमन्त्रीका निजी चिकित्सक, सत्ता निकटका व्यापारी, सत्तारुढ दल नेकपाका पत्रकारसम्मले पाएका छन् ।

The post संविधान दिवसको मानपदवी सत्ता निकटलाई, आफूले आफैंलाई सिफारिस गरेर विभूषित appeared first on .



from https://ift.tt/34ZRRlR

No comments:

Post a Comment

Pages