पिकेमा पर्यटक पुर्याउन लिखुपिके गाउँपालिका जर्मुरायो - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 2, 2019

पिकेमा पर्यटक पुर्याउन लिखुपिके गाउँपालिका जर्मुरायो

काठमाडौँ – दृश्यावलोकनका लागि प्रख्यात पिकेडाँडाको पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बुको लिखुपिके जनप्रतिनिधि तथा पर्यटन व्यवसायीहरुले चासो दिएका छन् । लिखुपिके गाउँपालिकामा पर्ने पिकेडाँडालाई सस्तो एवं छोटो पर्यटकिय क्षेत्र बनाउन पालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेत सहितका जनप्रतिनिधिले राजधानी काठमाडौँमा पर्यटन व्यवसायीहरुसंग छलफल गर्दै ट्रेकिङ प्याकेजका बारेमा योजना बनाउन थालेको हो । दशक अघिसम्म राजधानी काठमाडौँ हुँदै दोलखाको जिरीबाट सोलुखुम्बु जाने पर्यटकको ताँती नै लाग्ने गर्दथ्यो । तर अहिले यो पर्यटकिय रुट सुनसा नबनेको छ । जस्का कारण यस गाउँपालिकाको पर्यटकिय गतिविधिसमेत अन्त्य भएको भन्दै पिके क्षेत्रलाई पुर्नजिवन दिन जनप्रतिनिधिहरु जुर्मुराएका हुन् ।

छलफलका क्रममा सवैभन्दा पहिले पदमार्गलाई व्यवस्थीत गर्ने, होटल तथा लजहरुलाई सुविधायुक्त बनाउने र प्रचार प्रसार गर्ने गाउँपालिका र पर्यटन व्यवसायीहरुबीच सहमति भएको छ । पर्यटकका लागि आधारभुत आवश्यक्ताहरु निर्माण गरिसकेपछि पर्यटन प्रवद्र्धनका लागि पिकेमा महोत्सवको आयोजना गर्नेबारे समेत छलफल भएको लिखुपिके गाउँपालिकाकी उपाध्यक्ष प्रमिला बस्नेतले जानकारी दिनुभयो ।

पिकेडाँडामा भ्युटावर र आकर्षक बुद्धको मुर्ति निर्माण गर्न कतिपय पर्यटन व्यवसायीहरुले सुझाव समेत दिँदै आएका छन् । त्यसबारे भने गाउँपालिकाले अहिलेसम्म खास योजना बनाएको छैन । छलफलमा लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेत सहित नेकपा प्रदेश नं १ कमिटी सदस्य तथा पर्यटन व्यवसायी कामी शेर्पा, टानका महासचिव तथा पर्यटन व्यवसायी आङपेम्बा शेर्पा, वडा नं. ५ का अध्यक्ष ङिमाछिरी लामा, वडा नं. २ का सदस्य मनिराज बस्नेत लगायत सहभागी थिए ।

पिकेडाँडा भनेको खुम्बु क्षेत्र पुग्न नसक्ने र समयले नभ्याउने पर्यटकका लागि सवैभन्दा उत्कृष्ट गन्तब्य हो । यहाँबाट विश्वको सर्वाेच्च शिखर सगरमाथा मात्रै नभई पुर्वको कञ्चनजंगा देखि पश्चीमको धौलागिरी हिमालसम्म सिधा नांगो आँखाले अवलोकन गर्न सकिन्छ । यहाँबाट २२ भन्दा बढि परिचित हिमालहरुलाई हेर्न सकिन्छ ।

The post पिकेमा पर्यटक पुर्याउन लिखुपिके गाउँपालिका जर्मुरायो appeared first on .



from http://bit.ly/2VEzr8h

No comments:

Post a Comment

Pages