पोर्तुगलमा हुने नेपाली मेला २०१९ आदिवासी जनजातिहरुहरुले बहिष्कार गर्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, April 11, 2019

पोर्तुगलमा हुने नेपाली मेला २०१९ आदिवासी जनजातिहरुहरुले बहिष्कार गर्ने

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । पोर्तुगलमा अप्रिल १४ तारिख हुने नेपाली मेला २०१९ यहाँँका आदिवासी जनजातिहरुले बहिष्कार गर्ने जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलले एक प्रेस विज्ञप्ति जारी गर्दै गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलले गरेको व्यवहारप्रति कडा शब्दमा निन्दा गरेको छ ।

‘नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलसँग कुनै सहकार्य नगरीकन र उक्त संस्थाको गरिमालाई वेवास्ता गर्दै गैह्र आवासीय नेपाली संघ पोर्तुगलले आयोजना गर्ने सो कार्यक्रम कुनै पनि हालतमा सबै विविधतायुक्त नेपालीहरुको भावना बोक्ने वास्तविक नेपाली मेला हुनै सक्दैन ।’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ केवल खस ब्राह्मण जातिको एकल जातीय पहिचानलाई मात्रै प्रवर्द्धन गर्नका लागि आयोजना हुने उक्त कार्यक्रमले वास्ताविक नेपालको समष्टिगत पहिचान बोक्न नसक्ने निष्कर्षसहित त्यस कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगल तथा महासंघमा आवद्ध सबै मातृसंस्थाहरुको सहभागिता र सहयोग नरहने यसै विज्ञप्ती मार्फत प्रष्ट पार्न चाहन्छौं ।’

नेपाली मेला किन बहिष्कार गर्‍यो महासंघले ?

अब नेपाली मेला हुने दिन आउन ३ दिन मात्र बाँकी छ । अन्तिम समयमा आएर महासंघले किन बहिष्कार गर्ने विज्ञप्ति निकाल्यो ? यसबारेको विकसित वातावरण त्यस्तो विवादित र तिक्ततापूर्ण छैन । एनआरएनए र महासंघका अगुवाहरुबीच नेपाल मेलाकै विषयमा छलफल गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सामुहिक फोटो पनि सार्वजनिक भएको थियो । तर एक स्रोतका अनुसार महासंघले सह आयोजक बनाउन प्रस्ताव गरेको थियो ।

सह आयोजकबारे एनआरएनएका पदाधिकारीहरुले दुई दिनभित्र निर्णय दिने सहमति गरेका थिए । तर त्यसपछि फेरि अरु छलफल भए । महासंघनिकट स्रोत भन्छ : छलफलमा महासंघलाई हेप्दै खाली सहयोग गर्नुपर्छ मात्र भनियो । हामीलाई ‘युज एन्ड थ्रो’ मात्र गर्छन्, सह आयोजक बनाउन उनीहरुले के दिनुपर्ने थियो र ?

सह आयोजक बनाएको भए पोर्तुगलमा भएका ६ वटा जातिय संस्थाहरुबाट परम्परागत साँस्कृतिक नाचगान, झाँकी र भेषभूषासहित सहभागी हुने तयारी थियो, महासंघका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाले भने, ‘अब आदिवासी जनजातिहरुकोतर्फबाट सहभागिता र सहयोग हुँदैन ।’ कावा अध्यक्ष शेर्पा र महासचिव मदन लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तिको पूर्ण पाठ यस्तो रहेको छ ।

प्रेस विज्ञप्ति

नेपाल मुलतः विविध धार्मिक सांस्कृतिक भाषिक र ऐतिहासिक पहिचान बोकेका जाति समूदायहरुको साझा देश हो । नेपालको वर्तमान संविधानले सगौरब स्वीकार गरेको यो बिषय नेपालको मुल सुन्दरता र पहिचान पनि हो । यद्यपी लामो समयदेखि नेपालको यो वास्तविक पहिचान, विविधताको सुन्दरतालाई समाप्त पारेर एकल जातीय खस ब्राह्मणको अहंकारी पहिचान नै नेपाल र नेपाली हो भनेर स्थापित गर्ने प्रयासहरु भएको हामी सबैलाई थाहै छ । फालतः आज नेपालको विश्वमा जुन प्रकारको निम्न स्तर छ त्यसको मुल कारण नै यही एकल जातीय अहंकारी सोचले नेपाल जस्तो सुन्दर विविधता भएको देशलाई चलाउन खोज्नाले भएको हो र सोही कारणले नेपालमा ठुला ठुला परिवर्तनका आन्दोलनहरु भएर आज नेपाल उक्त एकल जातीय अहंकारको बैधानिक दासत्वबाट मुक्त भएको अवस्थामा आएको छ । यद्यपी सोही एकल जातीय सोचका अवशेषहरु अझै पनि विभिन्न ठाँउहरुबाट विभिन्न नाममा टाउको उठाउने प्रयत्नहरु गरिरहेका पनि हामी देखिरहेका छौं । विशेष गरी हामी नेपालबाट परदेशको भुमिमा रहेता पनि यहाँ ती एकल जातीय अहंकारको दङदङ्गीबाट मुक्त हुन नसकेका केही व्यक्तिहरुले गैरआवासीय नेपाली संघ पोर्चुगलको नामबाट ती एकल जातीय अहंकारको संस्कारलाई फेरी पनि उठान गर्ने प्रयत्न गरिराखेका छन् । व्यवहारिक रुपमा एकल हिन्दु धर्मको संस्कार, संस्कृति, परम्परा र चाडपर्वहरुका लागि मात्रै कार्यक्रमहरु बनाउने र सहयोग गर्ने तथा एकल खस ब्राह्मण जातिकोे मौलिक पहिचानलाई मात्रै प्रवद्र्धन गर्ने गैरआवसीय नेपाली संघ पोर्चुगलले सबै विविधतायुक्त नेपालीहरुको साझा संस्था हो भन्दै आफुलाई दावी गर्नु आफैमा लज्जाको बिषय हो । तसर्थ सोही व्यवहारको निरन्तरता कै लागि निकट भविष्यमा फेरी पनि एकपटक पोर्चुगलमा कथित नेपाली मेलाको नाटक मञ्चन हुनेवाला छ । विविध ऐतिहासिक मौलिक पहिचान बोकेको आधा भन्दा बढी जनसंख्याको नेतृत्वदायी संस्था, विभिन्न जाति समूदायगत आदिवासी संघ संस्थाहरुको साझा संस्थाको रुपमा स्थापित नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलसँग कुनै सहकार्य नगरीकन र उक्त संस्थाको गरिमालाई वेवास्ता गर्दै गैरआवासीय नेपाली संघ पोर्चुगलले आयोजना गर्ने सो कार्यक्रम कुनै पनि हालतमा सबै बिबिधतायुक्त नेपालीहरुको भावना बोक्ने वास्ताविक नेपाली मेला हुनै सक्दैन । तसर्थ केवल खस ब्राह्मण जातिको एकल जातीय पहिचानलाई मात्रै प्रवद्र्धनका गर्नका लागि आयोजना हुने उक्त कार्यक्रमले वास्ताविक नेपालको समष्टिगत पहिचान बोक्न नसक्ने निष्कर्ष सहित त्यस कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल तथा महासंघमा आवद्ध सबै मातृसंस्थाहरुको सहभागिता र सहयोग नरहने यसै विज्ञप्ती मार्फत प्रष्ट पार्न चाहन्छौं । धन्यवाद । जय आदिवासी !

राजेन्द्र शेर्पा, कार्यवाहक अध्यक्ष

मदन लिम्बु, महासचिव

The post पोर्तुगलमा हुने नेपाली मेला २०१९ आदिवासी जनजातिहरुहरुले बहिष्कार गर्ने appeared first on .



from http://bit.ly/2GiBVRA

No comments:

Post a Comment

Pages