आदिवासी महोत्सवमा रु डेढ करोडको कारोवार - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, March 11, 2019

आदिवासी महोत्सवमा रु डेढ करोडको कारोवार

प्रथम नुवाकोट आदिवासी महोत्सव रु डेढ करोडभन्दा बढीको कारोवार भई सम्पन्न भएको छ । बट्टारमा ‘भाषा, कला, संस्कृतिको संरक्षण आदिवासी अभियान–स्थानीय उत्पादन, कृषि पर्यटन र व्यापार प्रवद्र्दन’ नारासहित सञ्चालन भएको महोत्सवले सांस्कृतिक पक्षका साथसाथै आदिवासी जनजाति महासङ्घको निर्माणाधीन भवनलाई पूरा गराउन आर्थिक स्रोत समेत जुटाउने उद्देश्य राखेको आयोजक समितिका संयोजक भगवान राना मगरले बताउनुभयो ।

महोत्सवको समापनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले महोत्सवले आदिवासी जनजातिको पहिचान स्थापित गराउन भूमिका खेलेको बताउनुभयो । नुवाकोटमा ७० प्रतिशत जनजातिको बाहुल्य छ । यहाँ तामाङ, मगर, भुजेल, माझी, राई, गुरुङ, नेवार, शेर्पा, ह्योल्मो, बराम, कुमाल, दनुवार, घले र बलामी समुदाय गरी १४ आदिवासी जनजाति छन् ।

रासस

The post आदिवासी महोत्सवमा रु डेढ करोडको कारोवार appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2TzXa8X

No comments:

Post a Comment

Pages