आज ग्याल्पो लोसार होइन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, March 6, 2019

आज ग्याल्पो लोसार होइन

देशका कहलिएका सञ्चार माध्यमको पृष्ठहरु मात्र होइन मुलुककै पहिलो महिला राष्ट्रपति ज्यूबाट समेत लोसारको शुभकामना सार्वजनिक भएको छ । यो भ्रम नेपाल पञ्चाङ्ग समितिले तय गरेको मिति परिवर्तन नगर्नु र हाम्रो पात्रोमा राखिएको यो मितिले पनि भ्रम सृजना गरेको छ ।


भोटचन्द्र पात्रो अनुसार एक महिना पहिले नै ग्याल्पो लोसार परेकाले शेर्पा समुदाय लगायत ग्याल्पो लोसार मनाउने हिमाली समुदायले माघ महिनामा नै लोसार भव्य रुपमा मनाएका थिए । नेपाल शेर्पा संघको नेतृत्वमा विभिन्न विधाबाट समुदायको विकास र सशतिmकरणका लागि काम गर्दै आएका शेर्पा समुदायका संघ संस्थाहरुले सामुहिक प्रेस वतmव्य नै सार्वजनिक गरेको थियो । माघ २२ गते परेको लोसार १५ दिनसम्म मनाउन चलन छ । सोहि अनुरुप ग्याल्पो लोसार शेर्पा समुदायले नेपालमा मात्र होइन विश्वका झन्डै ५० भन्दा बढि मुलुकमा विभिन्न मितिमा वृहत धार्मिक पुजा तथा साँस्कृतिक कार्यक्रम गरी लोसार पर्व मनाए । केहि मुलुक जस्तो कृगिस्थान र कतारमा अझै साँस्कृतिक कार्यक्रम गर्दैछ ।
यो वर्ष लोसार किन माघ २२ मा यो प्रेस विज्ञप्ति हेर्नुहोला


घर घरमा बसेर आफन्तजनसंग भेटघाट अनि रमाइलो गर्ने धार्मिक तिर्थ गएर मनाउन पर्व लोसार पछिल्लो समय शेर्पा समुदाय मात्र नभइ समग्र आदिवासी समुदायले आफ्नो पहिचानको रुपमा मनाउने गरेको छ । राज्यलाई आफ्नो पर्व यस्तो हो भनेर देखाउनका लागि मनाउदै आएको छ तितो यर्थात यहि । यसबाट शेर्पा समुदाय पनि अछुत रहन पक्कै सकेन । लामो आन्दोलन र संघर्षबाट स्थापना भएको आदिवासी समुदायको पर्वहरुको सबै विदा कटौतीसंगै कुनै बेला राष्ट्रियकरण गरेका चाडपर्वहरु सामान्य बनाए । सबै समुदाय आन्दोलित पनि भए । शेर्पा समुदाय गृहमन्त्रालयमा लोसार विदा साथै लोसार अघि सार्न माग पनि गरे तर हात लाग्यो शुन्य जस्तै भयो । यदि माग सम्बोधन भएको भए आज ग्याल्पो लोसार भनेर भ्रममा परेको राष्ट्रपति कार्यलय मात्र होइन हाम्रो पात्रो हेर्ने सबैले शुभकामना दिइरहेको छ ।

यसा भन्दै गर्दै गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख आतिथ्यमा लोसार मनाएका थिए चुच्चेपाटीमा । केहि मन्त्रालयबाट शुभकामना वतmव्य पनि सार्वजनिक भएको थियो ।

The post आज ग्याल्पो लोसार होइन appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://dakpikhabar.com/2795

No comments:

Post a Comment

Pages