तेम्बा र दिपाको च्याङबा तलाई मेरो माया चर्चामा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, March 13, 2019

तेम्बा र दिपाको च्याङबा तलाई मेरो माया चर्चामा

मंगलबार साँझ ओ.एस.आर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको
च्याङबा तलाई मेरो माया बोलको गीत यति बेला चर्चाको शिखरमा छ । विगत डेढ दशकदेखि सिंगापुर पुलिसमा कार्यरत तर सिंगापुर लाहुरे भन्दा पनि आफ्नो पृथक सामाजिक कार्यका कारण सबैको ढुकढुकीमा बस्न सफल वरिष्ठ समाजसेवी तेम्बा शेर्पाको पहिलो प्रयास तथा नेपाली सांगितीक क्षेत्रमा उदाउँदो गायिका दिपा लामाको स्वरमा सजिएको गीत युट्युव मार्फत धेरैले हेरि सकेका छन् । मंगलबार साँझ मात्र सार्वजनिक गरिएको गीत बुधबार मध्यन्नभित्र नै ५७ हजार बढिले हेरिसकेका छन भने हेर्नेको संख्या बढ्दो क्रममा छ । चर्चित संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको गीत मार्फत लाहुरे विशेष गरी वैदेशिक रोजगारीमा रहेका आम नेपाली दाजुभाई र स्वदेशमा आफ्नो प्रेमिको प्रतिक्षामा रहने दिदीबहिनीहरुको मायाप्रेमलाई जोड दिइएको छ । लाहुरे तथा परदेशीको कहानी गीत मार्फत अभिव्यक्ति गरेका छन । मोडल निराजन प्रधान तथा निरन्जली लामाको अभिनय रहेको म्युजिक भिडियोको छायाँकान उत्सव दाहालले गरेका हुन् भने युबराज वाइबाले निर्देशन रहेको छ ।

The post तेम्बा र दिपाको च्याङबा तलाई मेरो माया चर्चामा appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2F8Ka1O

No comments:

Post a Comment

Pages