हिमपातले गाउँ फर्कनै पाएनन् मनाङवासी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, March 1, 2019

हिमपातले गाउँ फर्कनै पाएनन् मनाङवासी

१७ फागुन, मनाङ । मङ्सिरमा जाडो छल्न जिल्ला बाहिरिएका मनाङवासी गाउँ फर्कने समय भए पनि हिमपातका कारण समस्यामा परेका छन् । वर्षमा एक सिजन मात्र खेतीपाती हुने यस ठाउँमा खेतीपातीको सिजन शुरु भए पनि हाल सम्मको हिमपातले गर्दा जिल्ला फर्कन सकेका छैनन् । हिमपातले कसैलाई छोडेन । सर्वसाधारण, केटाकेटी, कर्मचारी, किसान पशुचौपया खेतीपाती सबै प्रभावित भएको चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजङ्ग गुरुङले बताए ।

उनका अनुसार खेतीपाती थन्काएर जाडो छल्न जिल्ला बाहिर रहेका मानिस जिल्ला भित्रिएर आफ्नो व्यवसाय र खेतीपाती धमाधम शुरु हुने बेलामा गाउँघर सुनसान भएको छ । कोहीले पहिले नै जिल्ला छाडे, कोही हिमपात पर्न थालेपछि जिल्ला बाहिरिएका उनले बताए ।

माघ १५ भित्र जिल्ला आउने मनाङवासी यस पटक भने फागुनको दोस्रो सातासम्म जिल्ला भित्रनसकेका छैनन् । अब त सिजन शुरु भयो भनी आवश्यक सामान लिएर आएका मनाङ्गे भारी हिमपातका कारण लमजुङ सदरमुकाम बेँशीसहरमा नै अड्किएका छन् ।

‘गाउँ जाने भनेर हिँडेको तीन पटक भयो अझै गाउँ फर्कन सकिएको छैन’, पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले भने । उनका अनुसार पर्यटकको सिजन शुरुसँगै विदेशी तथा आन्तरिक पर्यटकले खचाखच हुने बेलामा हिमपातले सखाप बनाएको छ । ‘गाउँभरी मानिस खेतीपाती र आफ्नो व्यवसायमा व्यस्त हुने अवस्थामा गाउँघर नै सुनसान भएको छ’ उनले भने ।

अहिले मनाङका चार गाउँपालिकामध्ये मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिका सुनसान भएको छ । महिनौं दिनसम्मको निरन्तर परेको हिमपातले अलिअलि भएका मानिस पनि जिल्ला बाहिरेका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।

उनका अनुसार जिल्लामा भएका कर्मचारी पनि हिउँ पर्नथालेपछि बिदा लिएर झर्नथालेका छन् । कहिले हिमपात रोकिएला र सहज होला भनेर बस्नु परेको छ ।

उता नार्पा भूमि गाउँपाकिाका कर्मचारी गाउँपालिकामा बस्न नसकेर सदरमुकाम चामेबाट नै गाउँपालिकाको कामकाज गरिरहेका छन् भने मनाङ ङिस्याङ गाउँपालिका कर्मचारी विहीन नै भएको छ । गाउँपालिकाका लेखापाल कृष्णराज तिमल्सिनाले बताए ।

The post हिमपातले गाउँ फर्कनै पाएनन् मनाङवासी appeared first on .



from https://ift.tt/2HfdwgH

No comments:

Post a Comment

Pages