शान्ती र मानवताको लागि पहिलो पटक नेपालमा आयोजित अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, February 17, 2019

शान्ती र मानवताको लागि पहिलो पटक नेपालमा आयोजित अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न

विश्व शाीन्त र मानवताको लािग बज्रकिल्या प्रडक्सनले नेपालमा आयोजना गरेको पहिलो सम्मेलन सफलताको साथ सम्पन्न भएको छ ।

सम्मेलन विश्व शान्ति र मानवता फैलाउने अभियानका साथ नेपालमा आयोजना गरेको वज्रकिल्या प्रडक्सनका सिइयो, महाकरुणा फाउन्शनका फाउन्डर फुर्वा दोर्जे (खेन रिन्पोचे) जानकारी दिनुभयो । उहाँले आगामी बर्ष नेपालबाट क्यान फिल्म फेस्टिवलमा नेपाली एक जना कलाकारलाई लगि र्याम सो मा उतार्ने जानकारी दिनुभयो । हिमाली भेगको सांस्कृति र पर्यटकिय स्थलको बृतचित्र निमार्ण गरि विश्वमा चलचित्र, संगितको माध्यमबाट विश्व शान्ति फैलाउने अभियानमा वज्रकिल्या प्रडक्सन संन्चालनमा ल्याएको रिन्पोचेले जानकारी दिनुभयो ।

नेपालमा आयोजना गरेको पहिलो सम्मेलन सफल भएको बज्रकिल्या प्रडक्सनका संचालन तेन्जिङ भुटियाले जानकारी दिनु भयो । उहाँका अनुसार सम्मेलनमा नेपाली तथा विदेशी कलाकारहरुको सहभागीताले सम्मेलनको उचाइ बढेको र यसलाई बार्षिक रुपमा बज्रकिल्या प्रडक्सनले आयोजना गर्ने जानकारी दिनुभयो ।

सम्मेलनमा फिलिपिन्सका राजकुमारी मारिया लिओनारा टोरियास्ले बार्षिक रुपमा ५ जना दुर्गम भेगका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्राबृद्धि प्रदान गर्ने घोषणा गर्नु भएको थियो ।
सम्मेलनमा नेपाली लगायत विदेशी कालकार र समाजसेवीहरुलाई शान्ति र मानवता अवार्ड प्रदान गरेको थियो ।

सम्मेलनमा Michael Jackson foundation , Nelson mandela foundation लागि र उहाँहरुको परिवारसँग निकट रहि Adventure of Humanity नामक संस्था संचालन गर्दै आएको र CANNES FLIM FESTIVAL फ्रान्सको अन्तराष्ट्रिय संयोजक Richard Nilsson, स्वार्गीय Michael jackson को अर्को अवतार भनी प्रसिद्ध कमाएका अन्तराष्ट्रिय कलाकार Masaki Michael,फिलिपिन्सको राजकुमारी H.H. Princess Maria Leonara torres (Dr. Travelling Princess), H.H. Pricesss Asharaje Gaekwad, Head of Srilanka Tourism & Former counsl general of Sri lakka to LA Jeff Goonewardena, Advisor of Combodian Prime Minister Dr. Sam Dararath र महानायक राजेश हमाल लगायत अन्य विशिष्ट व्याक्तित्वहरु सहभागी रहेको थियो ।

The post शान्ती र मानवताको लागि पहिलो पटक नेपालमा आयोजित अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न appeared first on .



from http://bit.ly/2TU4yIS

No comments:

Post a Comment

Pages