२१४६ औं ग्याल्पो लोसार सुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, February 3, 2019

२१४६ औं ग्याल्पो लोसार सुरु

स मो फाग्लो २१४६ ग्याल्पो लोसारको अवसरमा लोसार गुथुक कार्यक्रम आयोजना भएको छ । हिमालयन शेर्पा सांस्कृतीक केन्द्रको आयोजनामा लोसार विशेष कार्यक्रम आयोजना गरेको हो । तीन दिनसम्म मनाइने कार्यक्रममा पहिलो दिन लोसार गुथुक, दोस्रो दिन विभिन्न प्रतियोतिा र अन्तिम दिन शान्ति र्याली हुने कार्यक्रम संयोजक आङ डोमा शेर्पाले जानकारी दिए ।
गृहमन्त्री रामबहादुर थापामगर (बादल) को प्रमुख आतिथ्यमा राजधानीको बौद्धस्थित ह्यात मैदानमा आयोजना भएको कार्यक्रमको सभाध्यक्षता अध्यक्ष छिरिङ शेर्पाले गरेका थिए ।
उद्घाटन समारोहमा नेपाल बौद्ध महासंघका महासचिव कमल भण्डारीले ग्याल्पो लोसार कुनै एक जातिको मात्रै नभएर सबैको पर्व भएको जनाए । लोसार बुद्धले बुद्धत्व प्राप्त गरेको विषयसँग सम्बन्धित रहेको सो अवसरमा महासचिव भण्डारीले जानकारी दिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्व कृषि सहायक मन्त्री आङ छिरिङ लामा शेर्पाले आदिवासी जनजातिहरुलाई अधिकार सम्पन्न भएमात्रै मुलुक समृद्ध हुने जनाए । सगरमाथा, संस्कृती र बुद्ध जन्मेको विश्वको अनुपम स्वर्ग जस्तो देश नेपाल आज राजनैतिक नेताहरुको ‘अदुरदर्शिता’, अकर्मण्यताले नर्कसावित भएको भन्दै दुःख व्यक्त गरे । बर्तमान सरकारले संविधान संशोधन मार्फत आदिवासी जनजाति, मधेशी, मुस्लिम, सिल्पी समुदायलाई अधिकार सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने मन्त्री शेर्पाको जोड थियो । त्यस्तै, प्रदेश नं. ३ का सांसद डिएन शेर्पाले शेर्पाहरु अधिकार प्राप्त गर्ने र बौद्धिक वहस गर्ने क्षेत्रमा उपस्थित न्यून जनाउने भन्दै दुःख व्यक्त गरे । उनले अघि भने ‘हामी अहिले अधिकारको वहसमा छौं, हाम्रो उपस्थित शून्य जस्तै छ । केही समयपछि यही ठाउँमा मदिरासहितको कार्यक्रम हुन्छ । यो ह्यात चौरमा अटाउँदैनौं ।’ हामी संस्था र व्यक्तिहरु सम्मानित कार्यक्रममा कार्यक्रम आयोजना सघाउने सामाजिक तथा व्यापारिक संस्थाहरुलाई प्रमुख अतिथि गृहमन्त्री वादल र अध्यक्ष शेर्पाले सम्मान गरे । त्यस्तै, नेपाल शेर्पा महिला संघ, शेर्पा पत्रकार संघ नेपाल, शेर्पा सञ्चार समूह, शेर्पा कलाकार संघ लगायतलाई पनि सम्मान पत्र प्रदान गरे ।
कार्यक्रममा मिस शेर्पा २०१८ दाबुटी शेर्पा, मिस्टर शेर्पा सोनाम जाङबु शेर्पा, मिस मंगोल २०१८ जाङमु इनन शेर्पा, पत्रकारद्धय छेटु शेर्पा र लाक्पा शेर्पा त्यस्तै, उद्घोषिका याङजुम शेर्पा लगायतलाई पनि योगदानको कदर गर्दै सम्मान गरेको सचिव सोनाम डोल्मा शेर्पाले जानकारी दिए ।

The post २१४६ औं ग्याल्पो लोसार सुरु appeared first on .



from http://bit.ly/2Ttr8YT

No comments:

Post a Comment

Pages