पर्यटकीय क्षेत्र पत्तालेमा मुख्यमन्त्री - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, February 20, 2019

पर्यटकीय क्षेत्र पत्तालेमा मुख्यमन्त्री

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पत्तालेमा भ्यू टावर निर्माणका लागि एक करोड विनियोजन गर्ने आश्वासन दिएका छन् । गत माघ २७ गते हिउँ खेल्नका पत्ताले आईपुगेका राईले पत्तालेको बृहत्तर विकासको लागि प्रदेश सरकारले लगानी गर्ने बताए ।

करिब एक घण्टाको बसाईमा हिउँमा फोटो खिचाएका राईले पत्तालेको संभावनाको बारेमा स्थलगत बुझ्न पाएको र पर्यटकलाई आकर्षण गर्नका लागि प्रदेश सरकारले चालु आर्थिक बर्षमा नै एक करोड रकम भ्यू टावर निर्माणको लागि विनियोजन गर्ने आश्वासन दिएको हिमाली होमस्टेका संचालक प्रकाश मगरले बताए । मगरले भने, ‘मुख्यमन्त्रीले पत्तालेको संभावना र सुन्दरता बुझेर प्रदेशलले सहयोग गर्छौ भन्नुभएको छ । हामी आशाबादी छौ ।’ भ्यूटावर निर्माण हुन सके आन्तरिक तथा बाह्रय पर्यटनकलाई पत्तालेले अझ लोभ्याउन सक्ने मगरको भनाई छ । मुख्यमन्त्री राई ओखलढुंगाको एक व्यवसायको उद्घाटनको क्रममा हिमाली दृष्य निहाल्नका लागि पत्ताले ओर्लिएका थिए । तत्कालिन जिल्ला विकास समितिले तयार पारेको पर्यटन गुरुयोजनामा पत्तालेमा भ्यू टावर बनाउने विषय समाबेश गरिएपनि योजना अघि बढ्न सकेको छैन् । पर्यटकीय संरचनाको हिसावले पत्ताले कमजोर देखिएको छ । भ्यू टावर निर्माण हुन सके दर्जनौ हिमाल आँखै अघि देख्न सकिन्छ भने चैत्र–बैशाखमा विभिन्न रंगमा फुल्ने लालीगुराँससंग रम्न पाईन्छ ।

ओखलढुंगा र सोलुखुम्बु जिल्लाको सिमानामा अवस्थित पत्ताले नजिकबाट सर्वोच्च शिखर सगरमाथालाई नियाल्न सकिने सीमित स्थानमध्येको एक हो । आँखै अघिल्तीर सगरमाथा लगायतका हिमश्रृखंला देख्न सकिने भएकाले पनि अघिल्लो वर्षको तुलनामा यो बर्ष पत्ताले पुग्ने आन्तरिक पर्यटक बढेको छ । यो बर्ष चार पटक हिउँ परेकाले पनि आन्तरिक पर्यटकलाई हिउँले पत्तालेसम्म पु¥याएको हो ।

पत्तालेमा मात्र दुई दर्जनभन्दा बढी होटेल तथा लज सञ्चालनमा छन् । व्यवस्थित खान बस्नको प्रबन्ध नभएको गुनासो आएपछि स्थानीय यूवाहरुको लगानीमा हिमाली होमस्टे संचालनको अन्तिम चरणमा ट । नजिकका जिल्लाबाट बिदा मनाउन निस्कने पर्यटकका लागि पत्ताले आकर्षक गन्तव्य बनेको छ । त्यसबाहेक सोलुखुम्बु, ओखलढुंगा र खोटाङलगायत जिल्लाका चर्चित गन्तव्यमा आएका मानिस यहाँ पुग्ने गर्छन् ।

पत्तालेबाट सगरमाथा, मकालु, कन्चनजंगा, लोत्से, नुम्बुर, कार्यालुङ, चोलाच्छे, ताबोचे, पुमोरी, खुम्बुचे, थामसेर्कु लगायतका हिमाल देख्न सकिन्छ । विभिन्न प्रजातिका लालीगुराँस र जडीबुटी पाइने पत्तालेमा धार्मिक पर्यटक पनि पुग्ने गर्छन् । नजिकै रहेको गौरीटाप डाँडा र लौरेश्वर धाम तथा पाँच करोडको लगानीमा बुद्धपार्क निर्माणले पनि संभावना थपिदै आएको छ ।

सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने पत्ताले डाँडा राजधानी काठमाडौंबाट करिब २ सय ५० किलोमिटर सडक यात्रापछि पुगिने पत्तालेमा शेर्पा, मगरलगायत जाति बसोवास गर्छन् । तराईबाट उदयपुरको कटारी–घुर्मी सडक खण्ड हुँदै पनि पत्ताले सहिजै पुग्न सकिन्छ ।

The post पर्यटकीय क्षेत्र पत्तालेमा मुख्यमन्त्री appeared first on .



from https://ift.tt/2SPaGG4

No comments:

Post a Comment

Pages