खिजीदेम्बा गाउँपालिका ओभरसिज हेल्पिङ ह्यान्डसले ल्होसार कार्यक्रम आयोजना गर्ने,युवाहरु उत्साहित हुँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 21, 2019

खिजीदेम्बा गाउँपालिका ओभरसिज हेल्पिङ ह्यान्डसले ल्होसार कार्यक्रम आयोजना गर्ने,युवाहरु उत्साहित हुँदै

खिजीदेम्बा खिजिदेम्बा गाउँपालिका ओभरसिज हेल्पिङ ह्यान्डसले बिगतको वर्ष झैं यसवर्ष पनि ल्होसार कार्यक्रम आयोजना गर्ने भएको छ। बौद्ध महायानी शेर्पा समुदायहरुको महान पर्व २१४६ औं स मो फाग् ल्हो ग्याल्पो ल्होसार मनाउने विशेष तयारीको लागि बसेको भेलाले “भाषा कला संस्कृति हाम्रो पहिचान,शेर्पा भाषा संरक्षण र संबर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ यसपटक पनि खिजीदेम्बा गाउँपालिकामा ल्होसर कार्यक्रम बृहत रूपमा मनाउने निर्णय गरेको हो।खिजिदेम्बा ओभरसिज हेल्पिङ ह्यान्डसका अध्यक्ष ङवाङ नुरी शेर्पाको अध्यक्षतामा बसेको सर्वपक्षीय भेलाले ल्होसार कार्यक्रमको सबलमा व्यापक छलफल तथा बहस गरी ल्होसार मनाउने अन्तिम टुंगो लगाएको छ। ल्होसार कार्यक्रम कसरी सम्पन्न गर्ने हो भन्ने सबलमा सबैको सकारात्मक सुझाव साथसाथै अतुलनीय सहयोगको समेत प्रतिबद्धता भएको छ। भेलाको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष वेद बहादुर रोकाले ल्होसार कार्यक्रम सम्पन्न गर्नका लागि खिजीदेम्बा गाउँपालिकाको तर्फबाट ल्होसार कार्यक्रमकै अवसरमा गाउँपालिकाले खरिद गर्न लागेको साउन्ड सिस्टम चाडै खरिद गरि आगामी दिनहरूमा सबै समुदायले गर्ने हरेक कार्यक्रमको लागि प्रयोग गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ। ल्होसार कार्यक्रमकै अवसरमा गाउँपालिकाको तर्फबाट स्टेजको समेत व्यवस्था सधैंको लागि सबैले प्रयोग गर्न मिल्ने गरी मिलाउने तयारी भएको जनाइएको छ। भेलामा आफ्नो भनाइ राख्दै गाउँ कार्यपालिका सदस्य दोर्ची शेर्पाले खिजीदेम्बा गाउँपालिकाले विशेष सहयोग गर्ने तयारी भएकोले सबैमा ढुक्क हुन आग्रह समेत गर्दै ल्होसार कार्यक्रम सम्पन्न गर्नका लागि व्यक्तिगत तर्फबाट पनि यथासक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

२१४६ औं स मो फाग् ल्हो ग्याल्पो ल्होसार कार्यक्रम मनाउनका लागि सबै शेर्पा युवाहरु उत्साहित भएकोआयोजक कमिटीका एक सदस्य दावा जाङ्बु शेर्पाले बताउनुभयो।शेर्पाका अनुसार कार्यक्रम सप्पन्न गर्नका लागि सबै युवा साथीहरूबाट अतुलनीय सहयोग हुने बिश्वास रहेको जनाइएको छ।शेर्पा समुदाय भित्र लोप हुन लागेका श्याब्रु नृत्य प्रतियोगिता,शिली नाच प्रदर्शन,बाच्छै बाजा प्रदर्शन तथा टुङ्ना प्रदर्शन लगायतका कार्यक्रमहरु गरि ल्होसार कार्यक्रम भव्य रूपमा मनाउने तयारी भएको जनाइएको छ। लोसारको पवन अवसरमा संचालन हुने बृहत खुल्ला श्याब्रु नृत्य प्रतियोगिताको लागि माघ 1 गतेदेखि 25 गतेसम्म आवेदन खुला गरिएको आयोजकले जनाइएको छ।गत वर्ष ओखलढुंगा कला साहित्य समाजका अध्यक्ष त वरिष्ठ गायक गम्बु शेर्पाको विशेष अगुवाइमा ल्होसार कार्यक्रम आयोजना गरेर युवाहरूलाई बाटो देखाए पश्चात् यस वर्ष हामी युवाहरुकै अगुवाइमा ल्होसार कार्यक्रम मनाउने खिजीदेम्बा ओभरसिज हेल्पिङ ह्यान्डस् खिजीदेम्बाका अध्यक्ष ङवाङ नुरी शेर्पाले बताउनुभयो।शेर्पाका अनुसार हामी युवाहरूले नै नगरे कसले गर्ने भन्ने उद्देश्य अनुरुप सबै युवा मित्रहरुको विशेष पहलमा ल्होसार कार्यक्रम आयोजना गर्ने दाबी गर्नुभयो।अध्यक्ष शेर्पाका अनुसार ल्होसार कार्यक्रम संचालन गर्नका लागि सबैसंग सहयोगको लागि हात जोड्ने जनाइएको छ।शेर्पा समुदायको भाषा,धर्म,संस्कृति र कलाको विशेष सम्मान गर्ने कार्यक्रम तय गर्दै यही मिति २०७५ माघ २९ र फाल्गुन १ गतेको दिनसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त कलाकार लगायत स्थानीय कलाकारहरुको विशेष प्रस्तुतिका साथ ल्होसार कार्यक्रम भव्य रूपमा सम्पन्न हुने बताइएको छ। ल्होसार कार्यक्रम गत वर्ष पनि खिजीदेम्बा गाउँपालिका ओभरसिज हेल्पिङ ह्यान्डसको आयोजक तथा नेपाल शेर्पा युवा संघ ओखलढुंगाको सहआयोजकमा ल्होसार कार्यक्रम भव्य रूपमा आयोजना गरिएको थियो



from Sherpa media Group Nepal http://bit.ly/2Dptu5r

No comments:

Post a Comment

Pages